नक्कली करारनामा बनाइ ठगी गर्ने पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, नेपाल प्रहरीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी  सार्वजनिक गरेको हो । अन्सारीले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गराइ होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक गरी रकम लिएर ठगी गरेकोले वीरगञ्जबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array