तारकेश्वरमा मतदाता शिक्षा कार्यक्रम सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँको तारकेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । तारकेश्वर नगरपालिकाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदातालाई सही मतदान गर्न सिकाउन हिजो देखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाका निर्वाचन सम्पर्क अधिकृत राजन फुँयालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या घटाउन समुदाय र घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा निर्देशिका, २०७९ बमोजिम नगरपालिकाले आफ्नै स्रोत र साधनमा सञ्चालन हुने उक्त कार्यक्रम नगरपालिकाका ११ वटै स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट छनोट भएका महिला स्वास्थ्य स्वयम्सेविकाले मतदाता शिक्षा प्रदान गर्ने सम्पर्क अधिकृत फुँयालले बताउनुभयो । तारकेश्वर नगरपालिकाले सो कार्यक्रम आजदेखि मङ्सिर १ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । –

प्रतिक्रिया दिनुहोस्

Array