कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरेको छ । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सूचना सङ्कलन तथा अनुगमन गर्नका लागि निर्माण गरिएको उपसमितिको सहसंयोजकमा कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव डा शोभाकर पराजुली र सदस्यसचिवमा अधिवक्ता लक्ष्मी दाहाल रावललाई जिम्मेवारी दिएको छ । कांग्रेसले यसअघि पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array