क्षेत्र नं ६ मा स्थानीयलाई एमालेले विश्वास नगर्दा यहि जन्मीएका र हुर्कीएकाहरुमा निरासा छाएको छ : हिमाल शर्मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेकपा माओबादी केन्द्रका नेता हिमाल शर्माले काठमाण्डौं क्षेत्र नं ६ मा एमालेले यहि जन्मीएर हुर्किएकालाई विश्वास नगरी बाहिरबाट उम्मेद्धवार पठाँउदा व्यापक निरासा छाएको बताउनुभएको छ ।
लोकतान्त्रीक बाम गठबन्धनद्धारा सामाखुसीमा आयोजीत कार्यक्रममा बोल्दैनेता शर्माले एमालेबाट उम्मेद्धवारहरु क्षेत्र नं ६ र प्रदेश सभामा समेत जुवा खेल्न आएको बताँउदै यहि जन्मीएका र हुर्कीएकाहरुमा मौनता छाएको बताउनुभयो ।
यस क्षेत्रका जनताको भावना नबुझामा बिगतमा माओबादीले समेत हार खाएको बताँउदै नेता शर्माले कसैले सुकिलो कोट लगाएर भोट माग्न आयो भन्दैमा प्रभावीत नहुन आग्रह गर्नुभयो ।
केन्द्रको गठबन्धनलाई कायम गदै स्थानीय जनताहरुको भाबनालाई सम्मान गरे माओबादीले क्षेत्र नं ६ को प्रदेश सभा क र ख दुवैबाट उम्मेद्धवारी निस्कृय पारेको बताउनुभयो ।
क्षेत्र नं ६ मा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्धवारहरु यहीबाट राजनीति सुरु गर्नुभएको र यहिका जनताको सुख दुखमा रहनु भएको बताँउदै चुनावमा मात्र आउनेहरुलाई विश्वास नगर्न आग्रह गर्नुभयो ।
संविधानको रक्षा गर्न सकिन्छ कि सकिंदैन, प्रतिगामीलाई परास्त गर्नको लागि सकिन्छ कि सकिन्न भन्नको लागि अहिले गठबन्धनको ध्यान रहेको बताँउदै ओली प्रबुत्ति रहे सम्म एमालेसंगको लडाँई जारी रहने बताउनुभयो ।
नेता शर्माले माओबादीले क्षेत्र नं ६ का प्रदेश क र ख मा उम्मेद्धवारी निस्कृय पारीसकेकाले अव गठबन्धका उम्मेद्धारसंग मिलेर घरदैलोमा निस्कने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array