मधेसमा रोजगारी सिर्जना हुनुपर्छ : जसपा अध्यक्ष यादव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

राजविराज, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठूला कलकारखाना खोलेमा मात्र विकास हुने बताउनुभयो । मधेसबाटै करिब ७० प्रतिशत कर नेपाल सरकारलाई जाने गरेको दाबी गर्दै उहाँले तराई मधेसमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षाको समस्या बढ्दै गएको बताउनुभयो ।

किसानका लागि विद्युतीकरणबाट भए पनि सरकारले सिँचाइ सुविधा गराउनुपर्छ भन्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास हुनुपर्ने उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array