तारकेश्वर नगरपालिकामा आर्थिक बर्षकै पहिलो सडक पिचको कार्य तारकेश्वर वडा नं ८ बाट सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा चालु आर्थिक बर्षकै पहिलो सडक पिचको कार्य तारकेश्वर नगरपालिका वडा नं ८ बाट सुरु भएको छ ।
तारकेश्वर नगरपालिका ८ सुजन मार्गमा हिजो सडक पिचको कार्य सम्पन्न भएको हो । वडाको तिन लाखको बजेटमा करिब सय मिटर सडक पिचको कार्य भएको वडा अध्यक्ष श्याम कृष्ण सापकोटाले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको पुर्वाधार विकाश शाखाका इन्जीनियर पारस थापाले गत आर्थिक बर्षको बजेटबाट पुरा भएको वडा नं ८ को सडक पिचको कार्य चालु आर्थिक बर्षकै पहिलो भएको बताउनुभयो ।
थापाका अनुसार तारकेश्वर ११ अन्तर्गतको कोरिडोर सडकको समेत बेसको ल्याव टेष्ट भएको छ । प्रकृया पुरा गरेर कोरिडोर सडकको पनि चाँडै पिचको कार्य सुरु हुने छ ।

May be an image of 3 people, people standing, tree and road
तारकेश्वर नगरपालिकाको पुर्वाधार विकाश शाखाका प्रमुख इन्जीनियर पुर्णकाजी महर्जनले नगरपालिकाले यसै महिना भित्र नगरपालिका भरी २ किलोमिटर जति सडक पिच गर्ने लक्ष्य सहित कामहरु धमाधम अगाडी बढीरहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनले नगरपालिकालाई भौतिक पुर्वाधारको आधार बर्षको रुपमा लिएर बिकास निर्माणका कामहरुलाई द्रुत गतिमा अगाडी बडाउन निर्देशन दिइसक्नु भएको छ ।
नगरप्रमुख महर्जनको बिशेष पहलमा करिब ४ महिना भित्रमा निर्माण पुरा गर्ने गरि बाइपास तिनपिप्ले सडकको पिचको कार्य समेत सुरु हुन लागको छ ।

May be an image of 3 people, people standing and road

May be an image of 3 people and road

sd

प्रतिक्रिया दिनुहोस्

Array