लोकतान्त्रीक बाम गठबन्धनलाई जिताउन काठमाण्डौं क्षेत्रनं ६ मा ५,५०५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ कार्तिक २०७९, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं, २४ कार्तिक । काठमाडौं क्षेत्र नं ६ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्धवारलाई जिताउन ५ हजार ५ सय ५ जनाको निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
लोकतान्त्रिक वाम गठबन्धन क्षेत्र नं ६ ले आज काठमाण्डौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन परिचालनका लागि नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम खडगीको संयोजकत्वमा बिभिन्न उपसमितिहरु समेत गठन गरेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बोल्दै लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धवार, पुर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले राजनीतिक स्थायित्व र परिवर्तनको रक्षाका लागि पनि आफूहरुले नेतृत्व गरेको गठबन्धनले जित्ने विश्वास व्यक्त गर्नुभयो ।
नेता प्रधानले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा रहेको कुरा उल्लेख गर्दै बहुदलीय व्यवस्थामा स्वतन्त्रले जितेर के भूमिका खेल्ने हो ? भन्दै प्रश्न उठाउनुभयो । उहाँले निर्वाचपछि बन्ने सरकारले देश र जनताको लागि राम्रो काम गर्नुपर्ने बताँउदै भन्नुभयोे,‘हामीसँग सही नेतृत्व छ । मुलुकको विकास हुन्छ ।’
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा ०४६ सालमा कांग्रेस र कम्युनिष्टहरुबीच कार्यगत एकता भएको उल्लेख गर्दै अहिले पनि संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलीय गठबन्धन बनेको र यो लामो समयसम्म जाने दाबी गर्नुभयो ।
नेपालको समृद्धिको लागि पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताँउदै नेता प्रधानले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन अवस्थामा सरकारको नेतृत्व गर्दा दुई÷दुई पटक संसद् विघटन गरेको र संसद् पूनस्थापनाको लागि आफूहरु एकजुट भएको बताउनुभयो ।
उहाँले भन्नुभयोे,‘जनताले नेकपालाई त्यत्रो बहुमत दिए, प्रचण्डले त आधा कार्यकालको प्रधानमन्त्री पनि केपी ओलीलाई छोड्नुभयो । तर, उहाँले दुई दुई पटक संसद् विघटन गर्नुभयो । संविधानमै हामीले संसद् विघटन गर्न पाउँदैन भनेर लेखेका थियौं ।’
पार्टीभित्र फरक विचार राखेकै कारण ओलीले भीम रावललाई एकल सिफारिश हुँदापनि यो निर्वाचनको लागि टिकट नदिएको भन्दै एमालेभित्रको आन्तरिक प्रजातन्त्रबारे प्रश्न उठाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक श्यामकृष्ण खड्गीले काठमाडौं–६ मा लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो । निर्वाचन परिचालन कमिटी पनि वडा तहसम्म संयुक्त रुपमा गठन भएको सुनाउँदै अब निर्वाचनमा भारी मतले गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताउनुभयो ।
गठबन्धनका दलहरुको आ–आफ्नो स्कुलिङ र नीति भएकोले अहिले साझा उद्देश्य केन्द्रजस्तै ६ नम्बरमा पनि रहेको बताँउदै खडगीले मुलुकमा प्रतिगमनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको र अग्रगमनको नेतृत्व भने आफूहरुको गठबन्धनले गरेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘हाम्रो मन मिलेको छ । मनलाई अब मतमा परिणत गर्नुपर्छ ।’
त्यस्तै, कार्यक्रममा जनमोर्चाका नेता जगतप्रसाद रेग्मीले पनि गठबन्धन सही उद्देश्य बोकेर जन्मिएको भन्दै देशव्यापी रुपमा गठबन्धनका उम्मेदवार विजयी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशमा ठूला–ठूला आन्दोलनपनि सबैको संयुक्त मोर्चाबाट नै सफल भएको स्मरण गराए । उनले अहिलेको गठबन्धनले जिते देशले जित्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘गठबन्धन आवश्यकत्ताले बनेको हो । अहिलेपनि परिवर्तन उल्टाउनको लागि प्रतिगामीहरु जुर्मुराएका छन् । एमालेले प्रतिगमनको बाटो लियो । उसले संसद् देख्नै सकेन । लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि पनि यो गठबन्धनले जित्छ, र जिताउनुपर्छ । हाम्रो विजय सुनिश्चित् छ । हामी एकजुट भएर अघि बढ्न आवश्यक छ । शंका र उपशंका गर्नुहुन्न ।’
यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता सानुभाइ मालुङले मंसिर ४ को चुनावको परिणाम आफूहरुको पक्षमा आउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘परिणाम हाम्रो पक्षमा आएपछि अहिलेको उद्देश्य पूरा हुनेछ । हाम्रो विचार फरक छन् । तर उद्देश्य एउटा नै छ । हामी गठबन्धनका उम्मेदवार विजयी बनाउनेछौं ।’
सो अवसरमा सो क्षेत्रका प्रतिनिधिसभाका साझा उम्मेदवार प्रधानसहित प्रदेशसभाका दुवै उम्मेदवार क्रमशः हरिप्रभा खड्गी (श्रेष्ठ) र विष्णुभक्त तिमिल्सिना पनि उपस्थित् थियो ।

प्रतिक्रिया दिनुहोस्

Array