पुर्वाधार विकासमा तारकेश्वरले गतिलिंदै, एक महिनामै ३ किलोमिटर सडक पिच हुंदै, मेयर महर्जन पिच अनुगमनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । पुर्वधार विकासमा तारकेश्वर नगरपालिकाले द्रुत गतिमा काम अगाडी बढाएको छ । बित्तिय खर्च प्रगतिमा छलाङ मारेको तारकेश्वर नगरपालिकाका बिभिन्न वडाहरु मार्फत बिकास निर्माण, सडक र भौतिक पुर्वाधार निर्माणका कामहरु धमाधम सुरु भएका छन् । बषौं सम्म सडक नबनेर हैरानी भएका तारकेश्वर नगरवासीहरु पछिल्ला दिनमा नगरपालिकाले विकास निर्माणमा देखाएको तदारुपताले हर्षीत बनेका छन् । तारकेश्वर नगरपालिका ६ सानो बाइपास नजिकै पसल गर्ने दिपेन्द्र थापा सडक पिच हुने भएपछि खुसी लागेको बताए । बर्षामा हिलो र हिंउदमा धुलोबाट आजीत भइरहेको बताँउदै थापाले युवा नगरप्रमुखबाट नगरवासीले धेरै आसा र अपेक्षा गरेको बताउनुभयो ।
नगरपालिकाका बिभिन्न वडाहरुमा भइरहेको बिकास निर्माणमा जनताको उल्लेख्य साथ र सहयोग समेत रहेको छ । नेपाली काँग्रेसबाट बिजयी भएपनि सबै पार्टीलाई उत्तीकै मायाँ र आदरभाव प्रकट गर्ने नगरप्रमुख कृष्ण हरि महर्जनको सक्षम नेतृत्वले तारकेश्वरको बिकासले फडको मार्ने देखिएको छ ।
बर्षा रोकिएसंगै तारकेश्वरमा भौतिक निर्माणको कामले गति लिएको हो । पछिल्लो समय दैनिक जसो तारकेश्वरका बिभिन्न वडाहरुमा सडक, भौतिक पुर्वाधार र अन्य विकासका कामहरु सुरु भइरहेका छन् । यसै क्रममा तारकेश्वर नगरपालिका ८ सुजन मार्गमा मा दुई दिन अघि मात्र एक सय मिटर सडक पिच भएको छ भने तारकेश्वर नगरपालिका ५ मा ओम ग्याँस जाने बाटोको ढलान समेत सम्पन्न भएको छ ।
त्यस्तै तारकेश्वर नगरपालिका ६ को सानो बाइपास देखि फेदी बजार सडकमा आज ७ सय मिटर सडक स्तरउन्नतीको काम सम्पन्न भएको छ । नगरस्तरीय योजना अन्तर्गत ८७ लाख बजेटमा भएको सडक स्तरोन्नतीको कामको नगरपालिकाका मेयर कृष्ण हरि महर्जन, प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे, पुर्वाधार विकास शाखाका इन्जीनियर पुर्णकाजी महर्जन, तारकेश्वर नगरपालिका ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का वडा सदस्य रामचन्द्र घिमिरे लगायतले सडकको अनुगमन गर्नुभएको छ ।

No description available.
अनुगमनको क्रममा नगरप्रमुख महर्जनले पुर्वाधार निर्माणमा कमी कम्जोरी भेटीएमा नगरपालिका कठोर बन्ने बताँउदै गुणस्तरीय सामग्री प्रयोग गरेर पिच गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । प्राविधिक टोली सहित अनुगमनमा पुग्नुभएका नगरप्रमुख महर्जनले सडक निर्माणको प्राविधिक र अन्य पक्षहरुको बारेमा जानकारी लिनु भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले सम्झौता अनुसारको काम इमान्दारीताको साथ गर्न निर्माण व्यवसायीलाई अनुरोध गदै सो को निगरानी राख्न फिल्डमा खटिएका इन्जीनियरहरुलाई अनुरोध गर्नुभयो ।
नगरप्रमुख महर्जनले ठेक्का सम्झौता गरेर काम नगर्ने ठेकेदारहरुलाई स्पष्टीकरण लिंदै तोकिएको समय भित्रमा ठेक्का पुरा नगरेमा रद्ध गर्ने बताएपछि अघिल्ला आर्थिक बर्षमा रोकिएका पुर्वाधारका कामहरु समेत भइरहेका छन् । मेयर महर्जनको सक्रियतामा यस अघि बर्षाको समयमा झोरमा पक्की पुल बगाएपछि दुई महिना नबित्दै त्यहाँ पुल निर्माण भइसकेको छ । शहर देखि विकट गाँउ सम्म फैलिएको तारकेश्वर नगरपालिकाको पछिल्लो विकास निर्माणको तिब्रताले समृद्ध तारकेश्वर निर्माणमा आशा पलाएको स्थानीयवासीहरुको भनाई रहेको छ ।

fNo description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array