तारकेश्वरमा निर्वाचन सुरक्षाको बिषयमा नगरप्रमुख महर्जन र काठमाण्डौंका सिडियो सहित सुरक्षा निकायसंग छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तारकेश्वरका मतदान केन्द्रहरुको सुरक्षा र निर्वाचनका बारेमा छलफल गरिएको छ ।

May be an image of 11 people, people standing, military uniform and outdoors
तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनको अग्रसरतामा धर्मस्थलीमा भएको छलफलमा काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय, न्याधीश राजु खतिवडा, काठमाण्डौंका प्रहरी प्रमुख भरत बोहरा, सशस्त्र प्रहरीका एसपी पुर्ण साउद, नेपाली शेनाका अधिकृत बरुण केसी, बालाजुका डिएसपी रबिन बिष्ट, विकास पाण्डे लगायत बिच छलफल भएको हो ।
छलफलका क्रममा नगरप्रमुख महर्जनले नगरवासीहरुले भयरहित तरिकाले ढुक्क भएर मतदान गराउने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुलाई आग्रह गर्नुभएको थियो ।
काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले भयरहित तरिकाले मतदानका निम्ती सुरक्षा प्रवन्ध मिलाएको बताँउदै ढुक्क भएर मतदान गर्नका निम्ती तयार भएर रहन जनतालाई आग्रह गर्नुभयो ।
छलफल पछि नगरप्रमुख महर्जन, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय लगायतले काठमाण्डौं क्षेत्र नं ६ अन्तर्गतको क्षेत्रीय निर्वाचन कार्यालयको संयुृक्त अनुगमन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array