राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभयो ।

महिला राजनीतिज्ञहरुको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत सहभागी हुनुुहुन्थ्यो

प्रतिक्रिया दिनुहोस्

Array