संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्छौँ : बाम–लोकतान्त्रिक गठबन्धन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ कार्तिक २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौँ, बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सामुदायिक विद्यालयबाटै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नीति, रणनीति र कार्यनीतिको अबलम्बन गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवारले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर प्रतिवद्धता जनाएका हुन् ।

जिल्लामा सञ्चालित सबै सामुदायिक विद्यालयमा पुुस्ताकालय, खेल मैदान, प्रयोगशाला, शैक्षिक सामग्री, कम्प्युटर, निःशुल्क इन्टरनेट, फर्निचर, सफा शौचालय र पर्याप्त कक्षा कोठासहितका भवनको व्यवस्था गर्ने, प्रत्येक पालिकामा कम्तिमा एउटा विद्यालयमा विज्ञान र कम्युटर साइन्स विषय भएको कक्षा ११ र १२ को पढाइ सञ्चालन गर्ने, विद्यालयमा भर्नादर वृद्धि, ड्रपआउटदर कमी र सिकाइ उपलब्धिमा उल्लेखनिय सुधार गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

स्थानीय पाठ्यक्रम लागू गरी स्थानीय जनघनत्वअनुसार भाषागत तथा प्राविधिक शिक्षा प्रदान गर्ने, सबै प्रकारका (निजी, करार, अस्थायी आदि) शिक्षकको सेवा सुविधामा एकरुपता ल्याउने, सबै विद्यालयमा आवश्यकताअनुसार कक्षागत तथा तहगत शिक्षक दरबन्दीको व्यवस्था गर्ने, अस्थायी अनुमति प्राप्त विद्यालयलाई स्थायी गरी आवश्यकताअनुसार शिक्षक दरबन्दी पुरा गर्ने, हरेक पालिकामा कम्तिमा एउटा आवासीय विद्यालय सञ्चालन गर्नेलगायतका बुँदा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रकाशन गरेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रकाशन गरेका प्रतिवद्धतापत्र जिल्लाका दशवटै स्थानीय तहका मतदाताको हातहातमा पु¥याइएको छ । जिल्लामा पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गइरहेको अवस्थामा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतदाता समक्ष शिक्षा क्षेत्रको सुधार गर्ने भनिएको प्रतिवद्धतालाई निक्कै महत्वका साथ हेरिएको छ ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई तथा प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तीनै उम्मेदवार यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त हुनुहुन्छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (२)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array