सुकुम्वासीको समस्या समाधान गर्छौँ : पूर्वमन्त्री प्रधान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताउनुभएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका नेता प्रधानले काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताउनुभयो ।

“केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सुकुम्वासीका समस्या समाधान गर्छौँ”, उहाँले भन्नुभयो । संविधान निर्माणका लागि गठबन्धन निर्माण भएको उहाँको भनाइ थियो । गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गीले सुकुम्वासी आयोगमार्फत काठमाडौँभित्रको सुकुम्वासीको समस्या गरिने बताउनुभयो । उहाँले हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकेमात्र देशको विकास हुने उल्लेख गर्नुभयो । “समाज र राष्ट्रको विकासका लागि मैले राजनीति गरेको हो, नमूना क्षेत्र निर्माणका लागि मेरो उम्मेदवारी हो”, उहाँले भन्नुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनलाई विजय गराउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा समाजसेवी कृष्ण लामा, प्रकाश लामा, सुवासचन्द्र दाहाल, वरिष्ठ पत्रकार कृष्ण केसीलगायतले स्थानीय क्षेत्रको समस्या समाधान गर्नेगरी काम गर्न गठबन्धनका उम्मेदवारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array