काठमाण्डौं ६ मा सेतोपाटीको हाँस्यास्पद मतसर्वेक्षण, ६२ हजार मतदातालाई कम आँकलन गदै ७७ जनाबाटै फैसला ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ कार्तिक २०७९, सोमबार
10 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको दिन नजिकिंदै गर्दामा उम्मेद्धवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन घर दैलो अभियानमा जुटेका छन् । उम्मेद्धवारहरुले आआफ्नो शैलिमा चुनाव प्रचार प्रसार लाई समेत तिब्रता दिइरहेका छन् । यो समाचार तयार गर्दा सम्म उम्मेद्धवारहरुले भोट माग्ने अवधी अब मात्र ४ दिनको रहेको छ । चुनावलाई आफ्नो अनुकुलमा ल्याउनका लागि नेताहरुले सामाजीक सञ्जाल देखि सञ्चार माध्यमहरुको समेत प्रयोग गरिरहेका छन् । पछिल्लो समय सञ्चारमाध्यम र सामाजीक सञ्जाल चुनाव प्रचारप्रसारको प्रभावकारी माध्यमको रुपमा देखा परेका छन् ।
देशको चौथो अंग मानिने पत्रकारीता क्षेत्रले जनताको चासो रहेको निर्वाचन र राजनीतिक गतिविधिहरुलाई उच्च स्थान दिएर समाचारहरु प्रकाशन÷प्रशारण गरिरहेका छन् । कस्को पक्षमा जनमत आउला भनेर जनतामा उत्साह पनि त्यतीकै रहेको छ । देशका चोक, गल्ली, चिया पसलमा चर्चा निर्वाचनकै हुने गरेको छ । स्थानीय निर्वाचनमा स्वतन्त्रबाट बालेन्द्र शाह र हर्क साम्पाङहरुको उदय भएसंगै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि धेरैले त्यस्तै बाटो अपनाएर राजनीतिक च्याँखे थापेका छन् । चुनाव प्रचार प्रसारका लागि मात्र ४ दिन बाँकी रहंदा काठमाण्डौंका चोक गल्लीमा त्यस्तै स्वतन्त्रहरुको भिड लाग्ने गरेको छ । कोहि टेम्पो, कोही मोटरसाइकल, कोहि रिक्सा र कोहि हिडेरै मतदाताका घर दैलोमा पुगीरहेका छन् । घर दैलो अभियानका क्रममा आउने स्वतन्त्रको भिडहरु भन्दा केहि असन्तुष्टीहरु रहेपनि पुरानै पार्टीहरुलाई मतदान गर्ने पक्षमा धेरै मतदाता देखिएका छन् । चोक, गल्ली र चिया पसलमा हाँसीमजाको रुपमा जे जे बोले पनि राजनैतिक दललाई मतदान गदै आइरहेका मतदाताहरुको मत बदलीने सम्भाबना निकै कम रहेको छ । केहि नयाँ मतदाता भने स्वतन्त्र उम्मेद्धवार र स्वतन्त्र पार्टीका उत्तेजनापुर्ण भाषण र भावनात्मक अभिव्यक्तिबाट आर्कर्षित भएको देखिन्छ ।
देशमा परिवर्तन र विकाससंग सरोकार राख्ने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अहिले सबैको चासोको बिषय बनेको छ । निर्वाचनको समयमा जनमत कस्को पक्षमा आउन सक्छ भन्ने गुप्तचर संस्था देखि र बिभिन्न संघ संस्थाहरुले समेत सर्बेक्षणहरु गर्ने गर्दछन् । मत सर्वेक्षण गर्ने अन्तराष्ट्रिय प्राक्टीस र त्यसको छुट्टै नम्स समेत रहेका छन् । तर पछिल्लो समयमा नेपालमा मत सर्वेक्षणको नाममा कुनै अमुक उम्मेद्धवार र पार्टीलाई फाइदा पुग्ने गरि सर्वेक्षणको दुरुपयोग हुने गरेको भेटीएको छ ।
त्यस्तै मतसर्वेक्षणको नाममा नेपाली अनलाईन पत्रकारीताको अग्रणी संस्थाको रुपमा रहेको सेतोपाटी अनलाइनले रबि लामिछानेले नेतृत्व गरेको स्वतन्त्र पार्टी र केहि स्वतन्त्र उम्मेद्धवारको पक्षमा जनमत बोटुल्न लागि परेको देखिएको छ ।
उक्त अनलाइनले हाल सम्म गरेको ७ वटा सेतोपाटी निर्वाचन सर्बेक्षण र जनताको अभिव्यक्ती भन्दै प्रकाशन हुने गरेका न्युज कन्टेन्ट हेर्ने हो भने पुराना राजनैतिक दलहरुलाई जनताले मन नपराएको र रबि लामिछानेको स्वतन्त्र पार्टीको पक्षमा जनमत रहेको भ्रम छर्न खोजीएको देखिन्छ ।
त्यस अनलाइनले गरेको पहिलो विश्लेषण चितवनबाट सुरु गरेको देखिन्छ । जहाँ एमालेका सुरेन्द्र पाण्डे रेड जोनमा, अनि काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बिच चुनावी प्रतिष्पर्धा हुने उल्लेख गरिएको छ । यति सम्बेदनसिल बिषयको फैसला गर्ने अधिकार बोकेका १ लाख ५० हजार बढी मतदाता रहेको चितवन क्षेत्र नं १ मा जम्मा ०.१ प्रतिशत भन्दा कम मतदाता अर्थात १५० जनालाई भेटेर तिनले भनेको आधारमा काँग्रेस र स्वतन्त्र पार्टी बिचको चुनावी प्रतिष्पर्धा रे । ति १५० मध्य २८ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी हरि ढकाल, २३ प्रतिशतले काँग्रेसका विश्व पौडेल, १६ प्रतिशतले एमालेका सुरेन्द्र पाण्डे र ५ प्रतिशतले राप्रपाका माधब भट्टराई मत दिने बताएको उल्लेख गरिएको छ । लोकतान्त्रीक व्यवस्थामा बहुमतले गर्ने निर्णयलाई कम आँकल गदै कसैलाई सहयोग गर्ने नाममा प्रतिष्ठीत अनलाइनले लेखेको यस्ता समाचार आफैमा हाँस्यास्पद रहेको छ ।
अझ रोचक कुरा त के छ भने आफुले गरेको मत सर्वेक्षण आफुले विधि पु¥याएर गरिएको छैन भन्दै आफैले स्वीकार गरिएको छ अनि विधि नपु¥याई गरिएको सर्वेक्षणको रिपोर्टमा स्वतन्त्र र काँग्रेसको प्रतिष्पर्धा हुने उल्लेख गरिएको छ । नेपाली पत्रकारीतामा यो भन्दा हाँस्यास्पद कुरा अरु केहि हुन सक्दैन् ।

No description available.

No description available.

सेतोपाटी अनलाइन चितवन १ को मत सर्वेक्षण बारे लेख्छ “हामीले विधि पु¥याएर मत सर्बेक्षण गरेका होइनौं । हामी त्यसका लागि पनि यहाँ आएका होइनौं । त्यहाँ चोक र गल्लीमा पुग्दामा त्यस्तो माहोल देखियो रे ।” लोकतन्त्र र प्रेस स्वतन्त्रताको नाममा कुनै विधि नपु¥याइ कुनै पार्टीको पक्षमा जनमत तयार गर्नको लागि यति ठुलो बेइमानी गर्न मिल्छ ?उसले विश्लेषण गरेको समाचारमा पढदामा जो कोहि सर्वसाधारणले आफै थाहा पाँउछन कि यसको मिसन के हो भनेर ।
त्यस्तै विश्लेषणको नाममा लेखिएको मिसन न्यूजको ७ औ निसाना काठमाण्डौं निर्वाचन क्षेत्र नं ६ परेको छ । जहाँ तेश्रो पटक परिणाम ल्यान चुनावी मैदानमा उत्रिनु भएका सत्ता गठबन्धनका तर्फबाट पुर्व रक्षा मन्त्री, नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधान, नेकपा एमालेका तर्फबाट पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, स्वतन्त्र पार्टीका शिशिर खनाल सहित यस क्षेत्रमा ११ स्वतन्त्र र १३ बिभिन्न पार्टी सहित २४ जना जना उम्मेद्धवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्र काठमाण्डौंको मुटु असन देखि तारकेश्वरको बिकट गाँउ कुन्चीपकल सम्म फैलिएको छ । शहर देखि गाँउ सम्म फैलिएको यस क्षेत्र आफैमा विशिष्ट पहिचान बोकेको क्षेत्र हो । रैथानीया नेवार र काँठमा रहेका रैथानी समुदायको बाहुल्यता रहेको क्षेत्र नं ६ निर्वाचनको समयमा संधै चर्चा र चासोका साथ हेरिने क्षेत्र पनि हो ।

No description available.
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा ६२,१०२ मतदाता रहेका छन् । जसमा पुरुष २९,९६३, महिला ३२,१३९ र अन्य १ मतदाता रहेका छन् । काठमाण्डौंकै विशिष्ट महत्व बोकेको क्षेत्र नं ६ मा सेतोपाटी अनलाइनले हिजो सार्वजनीक गरेको भनिएको चुनावी परिणाम सर्वेक्षण निकै हाँस्यास्पद र खेदजनक रहेको भन्दै सर्वसाधारणहरु त्यसतो परिणामको पक्षमा नरहेको बताइरहेका छन् । सेतोपाटीको मत सर्वेक्षणले फिल्मी शैलीमा नामै नसुनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धवार शिशिर खनाल अगाडी भन्दै समाचार लेखेको सुनेर धर्मस्थलीका बेखालाल श्रेष्ठको हाँसो केहि बेर थामीएन । उनी भन्छन् हैन बाबु यो पत्रकारले जे पनि लेख्न पाँउछ भन्या, हाम्रो यो धर्मस्थली बजारमा एक जनाले पनि त्यो खनाल भन्नेलाई भोट हाल्छु भनेको सुन्दीन तर उसैले जित्छ भनेर समाचार लेख्यो भन्छन्, यसरी जे पनि लेख्न पाइन्छ भन्या ?”
मत सर्वेक्षणको नाममा सेतोपाटीले काठमाण्डौं क्षेत्र नं ६ का ६२ हजार मतदाताको अपमान गरेको भन्दै सर्वसाधारणले दुख समेत व्यक्त गर्न थालेका छन् ।
सेतोपार्टी अनलाइनले निर्वाचन विश्लेषणको नाममा मात्र २५१ जना लाई भेटेर तिनले भनेको आधारमा स्वतन्त्रका शिशिर खनालले जित्ने भन्दै हाँस्यास्पद विश्लेषण सार्वजनीक गरेको छ । उसले गरेको सर्बेक्षणमा जम्मा मतदानको ०.४ प्रतिशत मात्र सहभागी भएको देखिन्छ । त्यस मध्य पनि मतदाता नामावलीमा नाम भएका हुन कि नाम मात्रको मतदाता गम्भीर प्रश्न रहेको छ । त्यस अनलाइनले लेखेको छ हामीले कुरा गरेका २५१ मतदातामध्ये सबभन्दा धेरै ७७ जनाले (३०.६ प्रतिशत) राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मत दिने बताए । दोस्रोमा नेपाली कांग्रेसका भिमसेनदास प्रधानलाई ४६ जनाले (१८.३ प्रतिशत) मत दिने बताए भने तेस्रोमा एमालेका सर्वेन्द्र खनाललाई ३२ जनाले (१२.७ प्रतिशत) मत दिने बताए । त्यस्तै दुई जनाले राप्रपालाई, १० जनाले स–साना दल र अरू उम्मेदवारलाई दिने मत बताए ।
६२ हजार मतदाता मध्य जम्मा ७७ जनाले शिशिर खनाल र ४६ जनाले भिमसेनदास प्रधानलाई मत दिन्छु भनेकै आधारमा दुई जना बिचको प्रतिष्पर्धा अनि खनाल अगाडी भनेर समाचार लेख्नु पछाडीको उदेश्य के छ भन्ने काठमाण्डौंका बिबकेशिल मतदाता आफैले बुझने कुरा हो ।
मत सर्वेक्षण कुन विधि र पद्धतीमा रहेर गरियो ? त्यसको आधिकारीकता के ? यि धेरै प्रश्नहरुका बिच पनि सबैले गर्न सक्ने सहज अनुमान भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा सेतोपाटी जनमत जुटाउन लागि परेको छ । आधिकारीकता बिनाको यस्ता विश्लेषण केबल जनतालाई भ्रम छर्नको लागि आएको स्पष्ट देखिन्छ । बागबजार, असन देखि तारकेश्वरको कुन्चीपकल क्षेत्रका जनताले आज सम्म नामनै नसुनेका र अनुहार समेत नदेखिएका शिशिर खनालले यो समाजमा आज के त्यस्तो आमुल परिवर्तन गर्ने काम गरेका छन र क्षेत्र नं ६ का जनताले उनलाई मतदान गरेर जिताउनुपर्ने अवस्था छ ? अझ भन्दा २ कार्यकाल लगातार बिजयी हुनुभएका यस क्षेत्रका संसद भिमसेनदास प्रधानले के यस्तो अलोकप्रिय काम गरे जस्ले उनको बिकल्पमा नामै नसुनेका शिशिर खनाल रोज्न जनतालाई बाध्य पा¥यो ? देशैभर ६ हजार बढी अनलाइन, ५ सय बढी रेडियो, दुई सय बढी टिभिहरुले काँग्रेस र एमाले बिचनै चुनावी प्रतिष्पर्धा रहेको विश्लेषण गरिरहंदा सेतोपाटीले मात्र स्वतन्त्र पार्टी विकल्पको रुपमा रहेको देख्नुको पछाडीको रहस्य के छ ?
यस्ता अनेक प्रश्नहरुका बिच हचुवाको भरमा लेखिएको समाचार आफैमा खेदपुर्ण छ । ६२ हजार जनतालाई छाँयामा राखेर जम्मा मतदानको ०.४ प्रतिशतले भनेको भरमा समाचार लेखिनु र समाजमा त्यसको प्रभाव फैलाउन खोज्नु गलत छ । विश्लेषणको नाममा स्वतन्त्र पार्टीको पक्षमा जनमत तयार गर्न सेतोपाटी अनलाइनले छरीरहेको भ्रमलाई निर्वाचन आयोगले रोक्नु जरुरी छ । न कुनै विधि, न कुनै प्रविधि सेतोपाटीको तलब खाने केहि थान कर्मचारीले कुनै सडक र गल्लीमा मतदाता भएको कुनै प्रमाण विना भेटेको भरमा आधारहीन कुरा गरेर पुराना दलहरुको जनमतलाई भडकाउने कार्य रोकिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

Array