तारकेश्वर नगरपालिका मुख्य सडकमा एकै पटक ३४१ वटा सोलार जडान, लोडसेडीङको समयमा पनि अब रातभर झलमल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ कार्तिक २०७९, मंगलवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्रका सडकहरु अव लोडसेडीङको समयमा पनि झलमल हुने भएका छन् । तारकेश्वर नगरपालिकाको नगर स्तरीययोजना मार्फत हालै मात्र नगरपालिका भित्रका मुख्य सडकहरुमा ३४१ थान सोलार एकै पटक जडान गर्ने काम पुरा भएको छ । गत आर्थिक बर्षको नगरस्तरीय योजना मार्फत २ करोड ८७ लाख ८२ हजार ८ सय ७० रुपयाँको लागतमा सम वे सोलार कम्पनी मार्फत नगरपलिकाका मुख्य सडकहरुमा सोलार जडान भएका हुन् ।
नगरपालिकाका ११ वटै वडाका बिभिन्न मुख्य सडकहरु जरङखु देखी चिसापानी सडक, जरङखुदेखि भेडीगोठ, वडा नं ८ को कार्यालय देखि नागपोखरी हुंदै साङला जाने सडक, फुलबारी गेट देखि गोलढुंगाको नागार्जुन हुंदै नागार्जुन स्कुल सम्मको सडक, वडा नं १० मा सुभकामना चोक, वडा कार्यालय, लोकतान्त्रीको चोक, न्यायीक प्रतिष्ठान, मालपोत र नापी कार्यालय आसपासका मुख्य सडकहरु, नेपालटारका बिभिन्न मुख्य सडकहरुमा सोलार जडान गरिएको छ ।
योजना हेर्ने नगरपालिकाका इन्जीनियर मिलन अर्यालले नगरपालिकासंगको सम्झौता अनुसारको ठेकेदार कम्पनीले सोलार जडान गर्ने काम सम्पन्न गरेको बताँउदै योजनाको भुक्तानीको क्रममा रहेको बताउनुभयो ।
इन्जीनियर अर्यालले नगरपालिका भित्र जडान गरिएका सोलारहरु नेपाल सरकारको बैकल्पीक उर्जा प्रर्वधन केन्द्रका बिज्ञ टोली मार्फत गुणस्तरीयताको परिक्षण समेत भएको बताउनुभयो ।
नगरस्तरीय बजेटबाट पुरा भएको सोलार योजनाको तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल सहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा उपप्रमुख सहित तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, तारकेश्वर नगरपालिकाको प्राविधिक शाखाका प्रमुख इन्जीनियर पुर्णकाजी महर्जन, इन्जीनियर हरिराम भेटुवाल र सव इन्जीनियर सुजन रेग्मी सहितको टोलीले अनुगमन गरेको छ ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख अर्यालले मुख्य सडकमा बत्ती नहुंदा रात साँझको समयमा नागरिकहरु डराइडराई हिडन हिडनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सोलार जडान भएपछि तारकेश्वर नगरपालिकाको मुख्य सडक सबैतिर झलमल भएको बताँउदै उपप्रमुख अर्यालले नागरिकको सुरक्षा र समतामुलक समाज निर्माणमा नगरपालिका जिम्मेवार भएर लागेको बताउनुभयो । न्यायीक समितिको प्रमुख समेत रहनु भएका उपमेयर अर्यालको सक्रियतामा तिन महिनामा झण्डै २३ प्रतिशत मुद्धाहरुको न्यायीक निरुपण भएका छन् ।
तारकेश्वर नगरपालिका नगरप्रमुख कृष्ण हरि महर्जनले आफ्नो घोषणा पत्रमा गरेका प्रतिबद्धता अनुरुप नागरिकको सुरक्षाका लागि चोक–गल्लीहरुमा सडक बत्ती र सिसिटिभी जडानका लागि बजेट बिनियोजन गर्नुभएको छ । बिभिन्न वडाहरु मार्फत धमाधम जडान हुन लागिरहेका सडक बत्ती र सिसिटिभीको जडान पछि साँझको समयमा हुने चोरी, डकैती र लुटपाटका घटना कम गर्न सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array