नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलब ८६ मा सीमित भएको छ ।

त्यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ३३ अङ्कले ओरालो लागेर तीन सय ७३ दशमलब ७१ मा ओर्लिएको छ । कूल दुई सय २९ कम्पनीको २७ लाख ४५ हजार एक सय नौ कित्ता शेयर रु एक अर्ब दुई करोड ३६ लाख नौ हजार नौ सय ६० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब २९ अर्ब ८४ करोड पाँच लाख ५४ हजार चार सय ९१ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड २२ लाख ३४ हजार छ सय ७५ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड चार लाख ९७ हजार आठ सय ४४, नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६७ लाख २२ हजार दुई सय ३१, शिवम् सिमेन्ट रु चार करोड ४८ लाख ४३ हजार छ सय ९६ र नेपाल पुनरबीमा कम्पनी रु तीन करोड १७ लाख ८४ हजार छ सय १५ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड एक, चार दशमलब ५८, पञ्चकन्या माई हाइड्रोपावर दुई दशमलब ९३, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक दुई दशमलब ५६, लक्ष्मी इक्विटी फण्ड दुई दशमलब १२ र युनिलिभर नेपालका लगानीकर्ताले दुई दशमलब शून्य आठ प्रतिशतले कमाएका छन् । त्यस्तै, तारागाँउ रिजेन्सी होटल आठ दशमलब ५६, सिकलेस हाइड्रोपावर आठ दशमलब ४२, गरिमा विकास लघुवित्त छ दशमलब २१, गणपति लघुवित्त पाँच दशमलब शून्य छ र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले चार दशमलब ५७ प्रतिशतले गुमाएका छन् ।–

प्रतिक्रिया दिनुहोस्

Array