यो चुनाव सामान्य चुनाव होइन : एमाले अध्यक्ष ओली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रुपमा लिन नहुने बताउनुभएको छ । एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आयोजना यहाँ गरेको चुनावी सभामा उहाँले मङ्सिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रुपमा लिनुपर्ने बताउनुभएको हो ।

ओलीले भन्नुभयो, “ अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनावले दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो ।” उहाँले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिनुभयो । कार्यक्रममा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले विगत पाँच वर्षमा भएका विकास देशकै नमूना भएको भन्दै बाँकी विकासका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्