२५ बर्ष देखिको एमालेको राजनीति त्यागेका घले सहित तारकेश्वरमा दजनौं एमालेका युवा काँग्रेस प्रवेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा बिगत २५ बर्ष देखि एमालेको सक्रिय राजनीतिमा रहि बिभिन्न जिम्मेवारी निर्वाह गरेका श्रीकृष्ण घले सहित एक दर्जन युवाले एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।
एमाले परित्याग गरेर काँग्रेस प्रवेश गर्ने युवाहरुमा तारकेश्वर २ को देवीस्थान टोल सुधार समितिका अध्यक्ष सुर्य बहादुर लामा, राधा केसी, बिरबहादुर तामाङ, सञ्जय तामाङ, अर्जुन तामाङ लगायतका रहेका छन् । नेपाली काँग्रेस प्रवेश गरेका घले सहितका युवाहरुलाई पुर्व रक्षामन्त्री एवं क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेद्धवार भिमसेनदास प्रधान, प्रदेश सभा ख का उम्मेद्धवार बिष्णुभक्त तिमिल्सीना, जिल्ला सभापति कृष्णसबुज बानियाँ लगायतका नेताहरुले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

No description available.
नेकपा एमालेको सक्रिय सदस्य समेत रहेका घले नेकपा एमाले तारकेश्वर १० का खम्बाको रुपमा मानिन्थे । घले राजनीतिक, सामाजीक र परोपकारी कार्यमा सक्रिय रहंदै आइरहेका छन् । लोकतान्त्रीक चोकमा बन्दै गरेको तारकेश्वर १०को स्वास्थ्य र वडा भवनको अध्यक्ष समेत रहेर सक्रियतापुर्वका जिम्मेवारी निर्वाह गदै आइरहेका घले युवा माझ निकै लोकप्रीय छन् । भद्र, सालीन र मिलनसार युवा घलेले एमाले छाडेसंगै तारकेश्वरमा एमालेलाई ठुलो क्षती पुगेको बताइएको छ ।
त्यस्तै तारकेश्वर २ को देवीस्थान टोल सुधार समितिका अध्यक्ष लामा त्यस क्षेत्रका एमालेका प्रभावसाली नेताको रुपमा रहेका थिए । राजनीति र सामाजीक काममा सक्रिय रहेका लामा काँग्रेस प्रवेश गरेसंगै अन्य युवा तथा व्यवसायीहरु काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

No description available.
पार्टी प्रवेश पछि घलेलाई नेपाली काँग्रेस तारकेश्वरका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस तारकेश्वर १० का सभापति एवं वडा अध्यक्ष कुमार राई, नेपाली काँग्रेसप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, निर्वाचन सुरक्षा समन्वय उपसमितका केन्द्रीय सदस्यमा एवं ट्रेड युनियन काँग्रेसको राजनैतिक बिभाग सदस्य राजु रानाभाट,नेपाली काँग्रेस तारकेश्वरका नेता नारायण मल्ल ठकुरी, नेपाली काँग्रेस तारकेश्वरका नगर सदस्य एवं तारकेश्वर नगरकार्यपालीका सदस्य शान्ता थपलिया, नेपाली काँग्रेस तारकेश्वर १० का नेता एवं वडा सदस्य बाबुराम पौडेल लगायत बधाई र आगामी राजनीतिक यात्राको सुभकामना व्यक्त गरेका थिए ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्