तारकेश्वरमा बिकासले गति लियो, बषौं देखि हिलो र धुलो तिनपिप्पले–चिसापानी सडक पिच, नगरप्रमुख महर्जन रातभर अनुगमनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ मंसिर २०७९, शनिबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले भौतिक पुर्वाधार र सडक निर्माणका कामलाई तिब्रता दिएको छ । नगरपालिकाको प्राविधिक शाखाका अनुसार कार्तिक महिनामा मात्र तारकेश्वर नगरपालिकाबाट ४ किलो मिटर सडकको पिच तथा ५ सय मिटर सडक ढलानको काम सम्पन्न भएको छ ।
यसै क्रममा तारकेश्वर नगरपालिका ६ स्थीत जरंखु चिसापानी तीनपिप्ले सडक अन्तर्गतको चिसापानी जाने रोडको पुरानो गिनीस स्कुल देखि चिसापानी सडकको पिच गरिएको छ । तारकेश्वर नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत ३ करोड ७५ लाख ८९ हजार १ सय २९ को लागतमा १ किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भएको हो । उमा एण्ड कम्पनी र सिद्धार्थ जेभी मार्फत गरिएको उक्त पिचको कामलाई तारकेश्वर नगरपालिका नगरप्रमुख कृष्ण हरि महर्जन, तारकेश्वर वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, फास्ट्रयाकको इन्जीनियर सुवास तिमिल्सीना, इन्जीनियर बासु अधिकारी र कञ्चन भट्ट लगायतको टोलीको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तारकेश्वर नगरपालिका वडा नं ६ का सदस्य रामचन्द्र घिमिरेले बताउनुभयो ।
कार्तिक ३० गते साँझ देखि मंसिर १ गते बिहान ६ बजे सम्म रातभर गरिएको पिचको कामलाई तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जले अनुगमन र निरिक्षण गर्नुभएको थियो । राती १० बजे पिचको काम हेर्न पुग्नुभएका नगरप्रमुख महर्जन झण्डै १ बजे सम्म रहेर पिचको निरीक्षण र त्यसको गुणस्तरीयताको प्राविधिक पक्षहरुको बारेमा जानकारी लिनुभएको थियो । बषौं सम्म धुलो र हिलो हुने उक्त सडक पिच भइरहंदा उत्साहीत स्थामनीयवासीहरु रातभर जाग्राम रहेर सडक पिचको काम हेरिरहेका देखिन्थे ।
पिचको कामको अनुगमन गर्ने क्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले गुणस्तरीय सामान प्रयोग गरेर स्तरीय सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो ।
भौतिक पुर्वाधारको विकास बिना समृद्ध तारकेश्वर अभियान पुरा नहुने भन्दै नगरप्रमुख महर्जनले नगरपालिकाले बिनियोजन गरेको पुर्वाधारका कामलाई समयमानै पुरा गर्न प्राविधिक शाखालाई निर्देशन दिनुभएको छ । बिगतका बर्षहरुमा प्राविधिक काम सुरु हुने यस समयमा यस बर्ष तारकेश्वर नगरपालिकाले धमाधम पुर्वाधारको काम गरिरहेको छ ।

No description available.
नगरप्रमुको निर्देशनसंगै नगरपालिकामा बिकासको कामले तिब्रता लिएको हो । हाल बिभिन्न वडाहरुमा धमाधम पुर्वाधार तथा सडक पिचका लागि तयारीका कामहरु भइरहेका छन् । त्यसै क्रममा तारकेश्वर नगरपालिका १० र ११ को करिडोर रोड हुंदै लोकतान्त्रीक चोक पुग्ने सडकमा बेस राख्ने काम भइरहेको छ भने चुनाव लगतै उक्त सडक पिच हुने अवस्थामा रहेको छ । तारकेश्वर नगरपालिका भित्र भइरहेको विकासका कामहरु काठमाण्डौंका स्थानीय निकायहरु मध्यमानै नमुना रहेको छ । नगरपालिकाले हालै मात्र मुख्य सडकहरुमा ३४१ वटा सडक बत्ती जडान गरेको छ । जस्का कारण रातको समयमा तारकेश्वरका सडक झलमल देखिएका छन् । नागरिकहरु रातको समयमा पनि ढुक्क भएर हिडने अवस्था बनेको छ । नगरपालिकाको कार्यालयमानै सञ्चालन भएको चौविस घण्टे हटलाइन मार्फत नगरवासिहरुले निर्वाद रुपमा आफ्नो समस्याहरु नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र नगरका शाखा प्रमुखहरुलाई सुनाएर सेवा लिने अवस्था बनेको नगरवासीहरुकै भनाई छ । नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले बिजयी भएर नगरपालिका प्रवेश गरेसंगै नगरपालिकाको गेट देखिनै सुसासनको प्रत्याभुती हुने किसिमले सुधारको थालनी गरिएको नगरवासीहरुको अनुभुति रहेको छ । जस्का कारण अहिले नगरपालिकाको कम्पाउण्डमा रहेको एकिकृत सेवा मार्फत नागरिकले एउटै छानामुनी नगरपालिकाको सेवा पाउने छन् । सबै प्रकृया पुरा गरेर आएका फाइलहरुलाई एकिकृत सेवामा रहेका नगरपालिकाका कर्मचारहीहरुले एकै दिनमा सदर गरेर छिटो छरितो रुपमा नागरिकलाई सेवा दिइरहेका छन् । नगरपालिकामा राजश्व तिर्न आएका नागरिकहरुको लागि नगरपालिकाको गेटमानै बैकको राजश्व काउण्टर राखिएको छ । यस अघि नगरपालिकामा सेवा लिन आउने जेष्ठ नागरिक, शारिरीक अशक्त भएकाहरुले कष्ट व्यहोरेरै नगरपालिका देखि अलि पर रहेको एनआइसी एसिया बैकको शाखामा पुगेर राजश्व लगायतका सेवा लिनु पर्ने अवस्था रहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

cv

प्रतिक्रिया दिनुहोस्

Array