मधेस प्रदेशः मतदान जारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

धनुषा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारीे छ ।

धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म हुने मतदानमा मधेस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य गरी २९ लाख १० हजार २३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षा निकायले दुई हजार चार सय ७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यस्तै, एक हजार चार सय ९८ मतदान केन्द्र संवेदनशील, दुई सय ६५ मतदान केन्द्र सामान्य रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँले जानकारी दिनुभयो ।

विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदान केन्द्र र मतदानस्थलको वर्गीकरण गरिएको उहाँको भनाइ छ । मधेस प्रदेशमा निर्वाचन सुaaaरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाबाहेक २३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरेर खटाइएको छ ।

मधेस प्रदेशका आठ वटा जिल्लामा चार÷चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ÷आठ वटा निर्वाचन क्षेत्र गरी ६४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फको ३२ सिटका लागि मधेस प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फको ६४ सिटका लागि मधेस प्रदेशमा एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन् ।aaaa

प्रतिक्रिया दिनुहोस्

Array