लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो- कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

मोरङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताउनुभएको छ ।

डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थरिता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राख्नुभयो ।

नेता कोइरालाले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेसको नेतृत्वको दाबेदारी रहने बताउनुभयो । उहाँले निर्वाचनको परिणामपछि कांग्रेस कस्को नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताउनुभयो ।

निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै उहाँले भन्नुभयो “हामी पारदर्शी, जनताप्रति जवाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।”

ङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुुरू भइरहेको उहाँको भनाइ छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array