मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

मनाङ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो । “दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ”, उहाँले भन्नुभयो ।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।–

प्रतिक्रिया दिनुहोस्

Array