१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ,  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”aa

प्रतिक्रिया दिनुहोस्

Array