जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ स्युनसुक र तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जन बिच भेटघाट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउनु भएका जापानका परराष्ट्र राज्य मन्त्री ताकेइ स्युनसुके र तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जन बिच भेटघाट भएको छ ।
काठमाण्डौको सोल्टी होटलमा आज बिहान भएको भेटघाटमा तारकेश्वर नगरपालिकाको फोहरमैला व्यवस्थापन, ढल निकास र खानेपानीको बिषयमा छलफल गरिएको थियो ।
भेटका क्रममा नगरप्रमुख महर्जनले जापानले फोहरमैला र ढल व्यवस्थापन लगायतमा अपनाएको आधुनीक प्रविधिलाई तारकेश्वर नगरपालिकाले पनि अपनाउन चाहेको बताँउदै त्यसका निम्ती सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।
भेटका क्रममा जापानी परराष्ट्रमन्त्री स्युनसुकेले नगरप्रमुख महर्जनको प्रस्ताव प्रति सकारात्म रहेको बताउनुभयो ।
जापानका तर्फबाट निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षक प्रमुखका रुपमा परराष्ट्र राज्य मन्त्री ताकेइलाई नेपालमा खटाइएको जापानको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।
बिहान सोल्टीमा भएको भेटमा नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेत समेतको उपस्थीति रहेको थियो ।

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array