बागलुङमा पनि थालियो मतगणना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

बागलुङ, बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।

आज दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठकलगायत चुनावी मैदानमा हुनुहुन्छ भने क्षेत्र नं २ मा शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललगायत चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array