हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

डोल्पा, डोल्पाका आठवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिकामात्र सदरमुकाम पुगेको छ ।

जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पु¥याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ ।

बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिनुभयो । आज हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ ।

भौगोलिक रुपमा विकट भएकाले तीनवटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ । भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीहरु समेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array