काठमाडौँ ७ : समानुपातिकमा रास्वपालाई धेरै मत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार चार सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो समानुपातिक मत नेकपा (एमाले)ले चार हजार चार सय ६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार सात सय १०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचाँै समानुपातिक मत नेकपा (माओवादी केन्द्र)ले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको थियो ।यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array