चितवन क्षेत्र नं २ मा रवि लामिछानेको जित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

चितवन, चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिनुभएको छ । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताउनुभयो ।—

प्रतिक्रिया दिनुहोस्

Array