रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

रौतहट, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ ।

रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गर्नुभएको छ । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्