३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा तारकेश्वर नगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ मंसिर २०७९, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नगरपालिका भित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको सहभागतिामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

नगरपालिकाको महिला तथा बालवालिका विकास शाखाको आयोजनामा यहि मंसिर १७ गते अपांगता भएका व्यक्तिहरु र जनप्रतिनिधिहरु सहितको प्रभावतफेरी कार्यक्रम, अपांगता भएका कलाकारहरुको सडक नाटक, जनचेतनामुलक बिभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको शाखाकी प्रमुख प्रतिमा मिश्रले जानकारी दिनुभयो ।No description available.
महिला तथा बालवालिका विकास शाखाको आयोजनामा धर्मस्थलीमा हिजो भएको बैठकमा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले अपांगता भएका व्यक्तिहरुपनि नगरपालिकाकै परिवार रहेको बताँउदै उहाँहरुको सम्मानपुर्वक जीवनयापनका निम्ती नगरपालिकाले अविभावकत्व भुमिका निर्वाह गर्ने बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुलाई स्वालम्बी र आत्मनिर्भर बनाउनका निम्ती नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याएको बताँउदै नगरप्रमुख महर्जनले अपांगता भएका व्यक्तिहरुको हितका निम्ती हुने कार्यक्रमका बजेटको अभाव नहुने बताउनुभयो ।No description available.
तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको एकिन विवरण नहुंदा नीति निर्माणमा समस्या भएको बताँउदै नगरप्रमुख महर्जनले अविलम्ब तथ्यांक संकलन गर्न महिला तथा बालवालिका विकास शाखालाई निर्देशन दिनुभयो ।
बैठकमा नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानका निम्ती हुन गइरहेको कार्यक्रमको व्यवस्थापनमा कन्जुस्यांइ नगर्न शाखालाई आग्रह गदै बजेट अपुग भएमा थप गरिने बताउनुभयो ।No description available.
अपांगता भएका व्यक्तिहरुको समस्या प्रति नगरपालिका गम्भीर रहेको बताँउदै उपप्रमुख अर्यालले गुनासो आएको बिषयमा हर सम्भब नगरपालिकाले सम्बोधन गर्न कोसीस गर्ने बताउनुभयो ।
३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंसिर १७ गते विहान १० बजे जरङखुबाट सुरु हुने प्रभातफेरी कार्यक्रम वडा नं ४ को कार्यालयमा पुगेर समापन हुने छ । प्रभातफेरी कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे, बिभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु सहित तारकेश्वरमा कार्यरत अपांगता सम्बन्धी संस्थाका प्रतिनिधिहरु, तारकेश्वरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरु, कर्मचारी, पत्रकार, प्रहरी, कर्मचारी र सर्वसाधारणहरुको सहभागतिा रहने छ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । अपाङ्गता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस बर्ष “समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनशीलताको प्रावधान” भन्ने नारा सहित मंसिर १७ गते देशै भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाँईदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array