अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा तारकेश्वरमा उपप्रमुख अर्यालको सहभागीतामा प्रभातफेरी आयोजना, मेयरद्धारा सुभकामना व्यक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । अपाङ्गता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवस नेपालभर बिभिन्न कार्यक्रमहरुको आयोजना गदै मनाइएको छ ।
“समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनशीलताको प्रावधान” भन्ने नारा सहित देशैभरका अपांगता भएका व्यक्तिहरुले यो दिवस मनाएका छन् ।
यसै क्रममा तारकेश्वर नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नगरपालिका भित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको सहभागतिामा अपांगता दिवसको विशेष कार्यक्रम आयोजना गरेको छ ।

May be an image of 8 people, people standing and outdoors

May be an image of 8 people, people sitting, people standing and outdoors
अपांगता दिवसको अवसरमा प्रतिकृया दिंदै तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनले अपांगता भएका व्यक्तिहरुलाई सम्मानपुर्वक जीवन यापनका निम्ती नगरपालिकाले अविभावकत्व निर्वाह गर्ने बताँउदै अपांगता दिवसको सुभकामना व्यक्त गर्नुभयो । नगरपालिकाबाट प्राप्त हुने तलब र सुविधा आफुले नलिई सामाजीक काममा खर्च गर्ने घोषणा गर्नुभएका नगरप्रमुख महर्जनले यस अघि दशैंको अवसरमा अपांगता भएका व्यक्तिहरुलाई खाध्यान्न र आर्थिक सहयोग समेत उपलव्ध गराउनुभएको थियो ।
अपांगता दिवसको अवसरमा तारकेश्वर नगरपालिकाको महिला तथा बालवालिका विकास शाखाको आयोजनामा जरङखु देखी तारकेश्वर वडा नं ४ को कार्यालय सम्म प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रभातफेरी कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिका ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्य रामचन्द्र अर्याल, बिभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेका अपांगता भएका व्यक्तिहरु, सुरक्षाकर्मीहरु, नगरपालिकाका कर्मचारीहरु सहभागी भएका थिए ।

May be an image of 5 people, people standing and outdoors
व्यानर, प्लेकार्ड सहित प्रभातफेरीमा सहभागी अपांगता भएका व्यक्तिहरुले नारावाजी गरेका थिए ।
तारकेश्वर नगरपालिका ४ को वडा कार्यालय प्राङगणमा पुगेर समापन भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले गित, नाँच, सडक नाटक र मनोरञ्जनात्मक कार्यक्रम गरेको शाखाकी प्रमुख प्रतिमा मिश्रले जानकारी दिनुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अपांगता भएका व्यक्तिहरुलाई स्वालम्बी र आत्मनिर्भर बनाउनका निम्ती नगरपालिकाले बजेट बिनियोजन गरेको बताँउदै अपांगता भएका व्यक्तिहरुको हितका लागि हुने कार्यक्रमहरुमा बजेट अभाव नहुने बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुको समस्या प्रति नगरपालिका गम्भीर रहेको बताँउदै उपप्रमुख अर्यालले अपांगता दिवसको अवसरमा देशैभरका अपांगता भएका व्यक्तिहरुलाई सुभकामना व्यक्त गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाईदै आइएको छ ।

May be an image of 5 people, people standing and outdoors

May be an image of 12 people, people standing and road

No description available.

dd

प्रतिक्रिया दिनुहोस्

Array