तारकेश्वरमा नेपालकै पहिलो नमुना सडक निर्माण सुरु, नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष सहित अनुगमनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा नेपालकै पहिलो नमुना सडक निर्माण भइरहेको छ ।
नेपाल सरकारको करिब १४ करोडको लगानीमा मुडखु देखि तिनपिप्ले सम्मको करिब ४.५ किमी सडक पिच गर्ने काम द्रुत गतिमा अगाडी बढीरहेको छ । सडक बिभाग मार्फत कंक्रीट बेसमा काम भइरहेको यो सडक नेपालकै पहिलो नमुना सडक हो । नेपालको बिमान स्थलको धावन मार्गमा मात्र यस्तो किसिमको सडक निर्माण हुने गरेको छ ।
कमलजीत जेभी ड्रागन मार्फत निर्माण भइरहेको यस सडकमा पहिला बाटो ढलान हुन्छ । जस्को मोटाई १५० एमएम जति हुने गर्दछ । ढलानको काम सक्कीएपछि त्यस माथी जिओटेक्सटाइलले छोपेर ५० एमएमको आसपालमा क्युरीन गरेर पिच भइरहेको छ ।
नेपालकै नमुना प्रविधि प्रयोग गरेर धमाधम निर्माण भइरहेको मुडखु देखि तिनपिप्ले सडकको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, वडा न ३ का अध्यक्ष परशुराम अर्याल, नगरपालिकाका प्राविधिक सहितको टोलीले सडकको अनुगमन गरेको छ ।

No description available.
अनुगमनका क्रममा नगरप्रमुख महर्जनले नेपालकै नमुना सडक निर्माणमा भइरहेको कामको प्रगति प्रति खुसी व्यक्त गदै सडक निर्माणमा स्थानीय सरकारको पुर्ण साथ र सहयोग रहने बताउनुभयो ।
दु्रत गतिमा १२० दिन भित्रमा निर्माण सम्पन्न गर्ने गरि सुरु गरिएको उक्त सडक सम्पन्न गर्न थप एक महिना लाग्ने देखिएको छ । निर्वाचन र केहि प्राविधिक बिषयका कारण तोकिएको समय भित्र निर्माण सम्पन्न हुने नदेखिएपछि निर्माण कम्पनीको अनुरोधमा तारकेश्वर नगरपालिकाले एक महिना निर्माण अवधी थप गर्नका लागि सडक बिभागलाई अनुरोध गरिएको तारकेश्वर नगरपालिका ३ का अध्यक्ष परशुराम अर्यालले बताउनुभयो ।

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array