तारकेश्वर नगरपालिकाद्धारा नगद सहित १२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानीत, मेयरद्धारा थप सुविधा दिने घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ मंसिर २०७९, सोमबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा तारकेश्वर नगरपालिकामा कार्यरत १२ महिला स्वास्थ्य स्वयंसेविकाकहरु सम्मानीत भएका छन् ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले धर्मस्थलीमा आज आयोजीत बिशेष कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका १२ स्वास्थ्य संस्थाले छनौट गरि पठाएका उत्कृष्ट १२ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । सम्मानीत हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा पुष्पा तामाङ, मिरा बुढाथोकी, चिनीमैया ढकाल, कान्ति बज्राचार्य, सरिता अर्याल, लक्ष्मी भट्ट, देवकी फुयाँल ख, लक्ष्मी खत्री, सिता अधिकारी, सुजिता केसी, चन्दा कुमारी श्रेष्ठ र गिता थापा रहेका छन् ।

No description available.
कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा पु¥याएको योग्दान अतुलनीय रहेको बताँउदै नगरपालिकाले उनिहरुको कामको उचित मुल्यांकन गर्ने बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुका मागका बारेमा आफु गम्भीर रहेको बताँउदै नगरप्रमुख महर्जनले स्वयंसेविकाहरुलाई आगामी दिनमा घाममा छाता र हिंदा लगाउने जुत्ता नगरपालिकाले उपलव्ध गराउने बताउनुभयो ।
साथै, नगरपालिकाले आगामी खोप कार्यक्रम सञ्चालनका दिनमा खटिने कर्मचारीलाई जनही रु १ हजार र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रु ५ सय भत्ता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले यस अघि पटक पटक नगरप्रमुख महर्जनलाई खोप कार्यक्रमका दिनमा भत्ता, खाजा र घर दैलोमा जाँदा छाता,जुत्ता लगायत उपलव्ध गराइदिन आग्रह गदै आइरहेका थिए । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकै अवसरमा नगरप्रमुख महर्जनले महिला स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप नगरपालिकाले उक्त घोषणा गर्नुभएको हो ।

No description available.
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले कोरोना र महामारीको समयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले ज्यानको प्रवाह नगरी गरेको सेवाको उच्च प्रशंसा गदै उनिहरुको हितका निम्ती नगरपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरु नगरपालिकाको गहना रहेको बताँउदै उपप्रमुख अर्यालले राज्यले उपलव्ध गराएको पोशाक लगाएर पार्टीको कार्यक्रममा सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तपाँईहरु कुनै पार्टी, बिचारमा आस्था राख्नुस, पार्टीको बिचारले राजनीति गर्नुस, मेरो ठाँउमा तपाँईहरु पनि आउनुस, तारकेश्वर नगरपालिकाले भोलीको उपमेयर यहि महिला स्वास्थ्य स्वयंसेविका भित्रबाट देख्न पाओस मेरो सुभकामना छ । तर मेरो एउटै आग्रह तपाँईहरुसंग के छ भने कुनै पनि पार्टीको कार्यक्रममा सरकारले उपलव्ध गराएको ड्रेसको दुरुपयोग नगर्नुहोस”
केहि समय अघि महिला स्वास्थ्य स्वयंसेविकाको पोशाक लगाएर एमालेको कार्यक्रममा गएको भन्दै सामाजीक सञ्जालमा तारकेश्वर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको तस्वीरहरु सार्वजनीक भएको थियो ।

No description available.

तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका स्वास्थ्य व्यवस्थापन समिति सदस्य परशुराम अर्यालले नगरपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल उच्च राख्न नगरपालिकाले प्रोत्साहनका कार्यक्रम ल्याएको बताँउदै ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाका स्वास्थ्य व्यवस्थापन समिति सदस्य डा.लक्ष्मी घिमिरेले स्वास्थ्यको सुचांकहरुलाई सुधार ल्याउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका महत्वपुर्ण रहेको बताँउदै उनिहरुको योग्दानलाई राज्य र नगरपालिकाले उचित कदर गर्ने बताउनुभयो ।

तारकेश्वर नगरस्वास्थ्य शाखाकी अधिकृत राधा थपलियाले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर स्वास्थ्य शाखाका अधिकृत गणेश कुवरले स्वागत मन्तव्य राख्दै १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा सहित ११ वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको समेत उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्