संघिय सरकारसंगको साझेदारीमा तारकेश्वरमा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुंदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । संघिय सरकारसंगको साझेदारीमा तारकेश्वर नगरपालिकामा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ४ र ५ का २९ हजार जनसंख्यालाई स्वच्छ पानी खुवाउने उदेश्य सहित टेण्डर प्रकृयामा रहेको उक्त आयोजनामा केन्द्रीय सरकारको ७० प्रतिशत लगानी रहने छ भने तारकेश्वर नगरपालिकाको १० प्रतिशत, उपभोक्ता समितिको १० प्रतिशत र जनश्रमदान १० प्रतिशत रहने छ ।
आयोजनाका लागि तारकेश्वर नगरपालिकाले ४ करोड ३९ लाख ४२३ रकम गोलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति लाई उपलब्ध गराउने गरि हिजो सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे,वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठ,वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु फुयाल सहितको उपस्थीतिमा उपभोक्ता समितिका अध्यक्ष सिताराम घिमिरे र नगरपालिका बिच सम्झौता भएको हो ।
नगरप्रमुख कृष्णहरी महर्जनले प्रतिबद्धता गरेअनुरुप तारकेश्वर नगरपालिकामा एक घर एक धारा कार्यक्रम व्यवस्थापन र सञ्चालन गर्न उक्त रकम प्रदान गर्नुभएको हो । सम्झौताको क्रममा नगरप्रमुख महर्जनले आयोजनामा कुनै कम्जोरी नहुने गरी काम गर्न आग्रह गर्नुभएको थियो ।

May be an image of 7 people, people sitting and people standing
लामो समय देखि खानेपानीको समस्या झेल्दै आएका तारकेश्वर नगरपालिका वडा नम्बर ४ र ५ का ४८७५ घरधुरीका २९ हजार जनसंख्याहरु यो आयोजना सम्पन्न भएपछि प्रत्यक्ष लाभान्वीत हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले बताउनुभयो ।
नगरप्रमुख महर्जनले यस अघि संघिय सरकार, काठमाण्डौं महानगरपालिका, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडसंग सहकार्य गदै नगरपालिकाभरीका जनतालाई पिउने पानी पु¥याउनको लागि बृहत्त खानेपानी आयोजनाको अवधारणा अगाडी सार्नु भएको छ । तारकेश्वर नगरपालिका भित्रका प्राकृतिक श्रोतबाट खेरगइरहेका पानीहरुलाई एकिकृत गरेर मेलम्ची आयोजनाको मोडलमा नगरपालिकाभरी खानेपानी बितरण गरिने छ । यस अघि प्राविधिक टोली सहित काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाह, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, केयुकेएलका प्रतिनिधि र प्राविधिक सहितको टोलीले खानेपानीहरुको मुहान निरिक्षण गरीसकेको छ ।
नगरप्रमुख महर्जनको कार्यकाल भित्र पुरा गर्ने लक्ष्य सहित सुरु हुने उक्त आयोजनाका लागि आज नगरप्रमुख कृष्ण हरि महर्जन र खानेपानी मन्त्री बिच भेटघाट समेत हुंदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array