तारकेश्वर नगरपालिका ८ मा दुई दिने जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका ८ मा दुई दिने जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ ।
मंसिर २२ र २३ गते दुई दिन चल्ने स्वास्थ्य शिविरको तारकेश्वर नगरपालिका ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले सुभारम्भ गर्नुभयो । शान्तिटोल स्थीत नव शान्ति युवा क्लबको हलमा भएको स्वास्थ्य शिविरको सुभारम्भ गदै अध्यक्ष सापकोटाले जेष्ठ नागरिकहरु प्रतिको दायित्व राज्यको रहेको बताँउदै जेष्ठ नागरिकहरुको हितका निम्ती वडाले बिभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

No description available.
दुई जना चिकित्सक र स्वास्थ्यकर्मी सहित सञ्चालीत शिविरमा जेष्ठ नागरिकहरुको बिभिन्न रोगहरुको ल्याव परिक्षण, स्वास्थ्य चेकअप र औषधी बितरण गरिएको तारकेश्वर नगरपालिका ८ कि स्वास्थ्य शाखा प्रमुख धर्मशिला घिमिरेले बताउनुभयो । चापागाँईका अनुसार शिविरमा आउने जेष्ठ नागरिकलाई सुगर, प्रेसर, ग्याँस्ट्रीक लगायत ८० प्रकारका औषधीहरु निशुल्क वितरण गरिएको छ ।
शान्तिटोल स्थीत नव शान्ति युवा क्लबको हलमा भएको शिविरमा एक सय बढी जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण, ल्याबटेष्ट र औषधी वितरण गरिएको स्वास्थ्य शाखाकी प्रमुख घिमिरेले बताउनुभयो ।
दुई दिने जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविरको दोश्रो दिन भने तारकेश्वर ८ को जरङखु स्थीत कौशर स्कुलमा शिविर सञ्चालन हुने छ ।

No description available.

No description available.

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array