तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारीलाई लैङिक हिंसा बिरुद्धको एक दिने कानुनी सचेतना कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने कानुनी सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।
तारकेश्वर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा धर्मस्थलीमा आयोजना गरिएको सचेतना कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ११ वडाका वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

No description available.
कार्यक्रमको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कुनै पनि हिंसात्मक क्रियाकलापले परिवार र समाजको विकासमा प्रत्यक्ष असर पार्ने भएकाले हिंसा अन्त्यको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
सामाजिक, साँस्कृतिक, धार्मिक अन्धविश्वासी परम्पराका कारण छाउपडी, बोक्सी, झुमा, देउकी, बादीका नाममा महिलाहरुले अझै समस्या खेपीरहेको बताँउदै नगरप्रमुख महर्जनले हिंसा जन्य क्रियाकलापहरुबाट जोगिन चेतना मुलक कार्यक्रम गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले महिला हिंसा अन्त्यका लागि महिला र पुरुष दुवैको साझा प्रतिबद्धता हुनुपर्ने बताउनुभयो ।

No description available.
महिला हिंसाको मुख्य कारण चेतनाको कमि रहेको बताँउदै उपप्रमुख अर्यालले समाजमा महिला हिंसा अन्त्यका लागि महिलाहरु सामाजीक र आर्थिक रुपमा सक्षम हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “ महिला हिंसा अन्त्यका लागि म हिंसा गर्दिन, आफुपनि सहंदीन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता आवश्यक छ । तव मात्र समाज, घर परिवार सम्मुनत बनाउन र हिंसा मुक्त मुलुक बनाउन सहयोग पुग्छ”
समाजमा हिंसा महिलालाई जस्तै पुरुषलाई पनि हुने गरेको बताँउदै उपप्रमुख अर्यालले त्यस्ता हिंसालाई अन्त्य नगरिएसम्म समुन्नत समाज निर्माण हुन नसक्ने बताउनुभयो ।

No description available.
तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटाले महिला हिंसा मुक्त समाज निर्माण निकै चुनौतिपुर्ण बनेको बताँउदै त्यसका निम्ती सबैले आफनो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख प्रतिमा मिश्रले महिला हिंसा अन्त्य गर्न सबै तह र तप्का सम्म जनचेतना फैलाउनु पर्ने बताउनुभयो । तारकेश्वर नगरपालिकाले हिंसामा परेका महिलाहरुलाई उद्धार र उपचारका लागि ३ लाख ५० हजारको लैङिक हिंसा कोष स्थापना गरेको बताँउदै शाखा प्रमुख मिश्रले कार्यविधिले निर्धारण गरेको सिमामा रहेर हिंसामा परेका महिलालाई सहयोग गर्ने बताउनुभयो ।

No description available.
बिगत २४ बर्ष देखि लैङिक हिंसा लगायतका सामाजीक बिषयमा बहस पैरवी गदै आउनु भएकी अधिवक्ता सिमा धामीले कानुनी सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
सभ्य समाजको पहिचान ः लैङिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नारा सहित मंसिर ९ गते देखि २४ गते सम्म १६ दिन चल्ने यो अभियानमा देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।

No description available.

No description available.

gh

प्रतिक्रिया दिनुहोस्