धर्मस्थलीको सानोबाइपास देखि महाङकाल जाने बाटो ढलान सम्पन्न, गुणस्तरीय सडक निर्माण भएको दावी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका ६ स्थीत सानो बाइपास देखि महाङकाल जाने बाटोको ढलान सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको यसै बर्षको नगरस्तरीय योजनाबाट बिनियोजन गरिएको २० लाख बजेटबाट बाटो ढलान गरिएको तारकेश्वर नगरपालिका ६ का अध्यक्ष घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ८० मिटर लम्बाई ६ मिटर चौडाई रहेको उक्त बाटोको ७ इञ्च बाक्लो ढलान गरिएको तारकेश्वर ८ का सव इन्जीनियर प्रदिप भण्डारीले बताउनुभयो । भण्डारीले ढलान सरकारी मापदण्ड अनुसारनै भएको बताँउदै गुणस्तरीयतामा कुनै सम्झौता नभएको बताउनुभयो ।

No description available.
नगरस्तरीय योजनाबाट भइरहेको उक्त ढलानबाटोको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा सहित प्राविधिक टोलीहरुले अनुगमन गर्नुभएको छ । अनगुमनको क्रममा नगरप्रमुख महर्जन र उपप्रमुख अर्यालले ढलानमा प्रयोग भएका सामग्रीहरुको गुणस्तरीयताको बारेमा जानकारी लिनुहुंदै स्तरीय सडक निर्माण गर्न निर्देशन दिनुभयो ।

No description available.
तारकेश्वर नगरपालिका ६ का वडा सदस्य रामचन्द्र अर्यालले बिहानै देखि वडाका जनप्रतिनिधि र प्रविधिक सहितको टोली सडक ढलान भइरहेको स्थानमा खडा रहेको बताँउदै कम्सल सामग्री प्रयोग गरेर गुणस्तरहिन सडक निर्माण हुन नदिन लागि परेको बताउनुभयो । वडा सदस्य अर्यालले ढलानको क्रममा प्रयोग भइरहेको रोडा घर ढलानमानै प्रयोग हुने खालको गुणस्तरी र सिमेन्ट तथा छड समेत सम्झौतामा उल्लेख भए बमोजिमकै प्रयोग भएको बताउनुभयो ।

No description available.
तारकेश्वर नगरपालिका ६ मा कार्तिक ३० गते जरंखु चिसापानी तीनपिप्ले सडक अन्तर्गतको चिसापानी जाने रोडको पुरानो गिनीस स्कुल देखि चिसापानी सडकको पिच गरिएको थियो । तारकेश्वर नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत ३ करोड ७५ लाख ८९ हजार १ सय २९ को लागतमा १ किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

zc

प्रतिक्रिया दिनुहोस्

Array