टर्कीले काठमाडौँमा राजदूतावास स्थापना गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ मंसिर २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ,  परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लु बीच दिउँसो टेलिफोन वार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array