समानुपातिकतर्फका सांसद सिफारिस हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ,  निर्वाचन आयोगमा समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसदको नाम सिफारिसको क्रम जारी छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न आज ४ बजेसम्म समय दिइएकोमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले मात्रै नामावली बुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले आफ्नो पार्टीले पार्टीगत प्रारम्भिक निर्वाचनमा अगाडि रहेका र कानुनको विधिलाई पालना गरेर त्रुटीरहित सूची बुझाएको प्रतिक्रिया दिनुभयो ।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतले अहिलेसम्म नाम बुझाएका छैनन् । नाम बुझाउन प्रतिनिधिसभातर्फ तीन दिन र प्रदेशसभातर्फ सात दिनको समय दिइएको छ ।

विभिन्न प्रदेशसभातर्फ हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमार्चा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले नाम बुझाएको आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त नामावालीलाई कार्यालयले समावेशी समूहसँग भिडाउँदा नमिलेको पाइएमा सम्बन्धित दललाई पुनः सच्याएर पठाउन समय दिनेछ । आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेकामा केही दिनपछि सर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array