यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उहाँका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहनुभएको छ ।

खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहनुभएको छ । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी रहनुभएको छ ।

दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा रहनुभएको छ । मधेसी पुरुषतर्फ गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारकी रहनुभएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्