महिला हिंसा बिरुद्धको अभियानले पुर्णता पाउन घर, टोल, समाज र नगर हुंदै देशैनै जाग्नुपर्दछ : तारकेश्वर नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले महिला हिंसा बिरुद्धको १६ दिने अभियान सोह्र श्राद जस्तो १६ दिने कर्मकाण्डी बनेको बताँउदै सुधार जरुरी रहेको बताउनु भएको छ ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको दिन आज लैङिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वरले नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले हिंसा बिरुद्धको अभियानले पुर्णता पाउन घर, टोल, समाज र नगर हुंदै देशैभर जाग्नुपर्ने बताउनुभयो ।

No description available.
उहाँले भन्नुभयो “महिला हिंसाको अभियान कर्मकाण्डी जस्तो तरिकाले चल्दा आज भाषण ग¥यो, यो गर्नुपर्छ, यो गर्नुहुन्न भन्यो, भोलिदेखिनै बिरसिन्छौं, पर्सिदेखी फेरी त्यही हुन्छ, त्यसैले यस्ता कार्यक्रमलाई सुधार गरेर समाजलाई नै सचेत गराउने दिर्घकालीन कार्यक्रमहरु ल्याउनु जरुरी छ”
महिला जस्तै पुरुषहरु पनि लैङिक हिंसामा पर्ने गरेको धेरै उदाहारण रहेको बताँउदै नगरप्रमुख महर्जनले हिंसामा परेकाहरुको उद्धार र उपचारका लागि तारकेश्वर नगरपालिकाले ३ लाख ५० हजारको हिंसा उद्धार कोषको स्थापना गरेको बताउनुभयो ।
तेश्रोलिङ, लैङिक तथा यौनिक अल्पसंख्यकहरु दिनदहाडै हिंसाको सिकार हुंदै आइरहेको बताँउदै नगरप्रमुख महर्जनले उनिहरुको समेत हिंसा र मानव अधिकारका लागि आवाज उठाउनु जरुरी रहेको बताउनुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले घर, परिवार र सामाजीक कारणले कयौं महिलाहरु अझै हिंसा सहेर बस्न बाध्य भएको बताँउदै हिंसाको बिरुद्धमा प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “घर बिग्रन्छ कि भनेर कतिपय दिदिवहिनिहरु हिंसा सहेर बसिरहनु भएको छ, अझै यहाँ विद्यार्थी भाइवहिनिहरु पनि हुनुहुन्छ, तपाँईको स्कुलका सर र म्यामहरुले पनि हिंसा हुने खालका कृयाकलापहरु गर्ने गरेका घटनाहरु पनि बाहिर आइरहेका छन्, हिंसा जहाँ भएपनि सहेर बस्नुहुन्न, हिंसाको बिरुद्ध प्रतिकार जरुरी छ, त्यसैले हामीले अव त्यस्तो सन्देश दिने अभियानमा लाग्नु जरुरी छ”
महिला हिंसा न्युनीकरणका लागि नगरपालिका लागिपरेको बताँउदै नगर उपप्रमुख अर्यालले स्थानीय संघ, संस्था र नागरिकहरुको साथ र सहयोगका कारण न्यायीक समितिमा हिंसाका निकै थोरै मात्र घटना आउने गरेको बताउनुभयो ।

No description available.
कार्यक्रममा प्रहरी बृत्त बालाजुका प्रमुख डिएसपी रबिन बिष्टले लैङिक हिंसा हुनु भनेको मानव अधिकारको समेत हनन रहेको बताँउदै हिंसा न्युनिकरणका लागि प्रहरीले विशेषज्ञ सहितको सेल गठन गरेकाले हिंसाका घटनालाई प्रहरीलाई समयमानै जानकारी दिन अनुरोध गर्नुभयो ।
महिला हिंसा बिरुद्धको दिवस चलिरहंदा मामा बाटै हिंसा भएकी एक युवतीलाई प्रहरीले न्याय दिएको बताँउदै डिएसपी बिष्टले हिंसा जसले गरेपनि लुकाएर बस्न नहुने बताउनुभयो ।
लैङिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वरका कार्यवाहक अध्यक्ष अमृत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खडगीले महिला हिंसा न्युनीकरणका लागि सबैको प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठ, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सुरुहुनुभन्दा अगाडी तारकेश्वर नगरपालिका १० लोकतान्त्रीक चोकबाट स्कुलका बालबालीका, स्काउट र बिभिन्न संघ संस्थाहरुले व्यानर र प्लेकार्ड सहितको रयाली सहित कान्तिपुर एवि पार्टी प्यालेस नेपालटारमा पुगेको थियो ।

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्