तारकेश्वरमा श्रम समन्वय समिति गठन गर्न माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाल ट्रेड यूनियन कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकामा तत्काल श्रम समन्वय समिति गठन गर्न माग गरेको छ ।
युनियनको नगर समितिले हिजो नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्याललाई भेट गरी तारकेश्वर नगरमा रहेका श्रमीकका पक्षमा काम गर्न सुझाब सहित १० बुदे ध्यानाकर्षण गरेको अध्यक्ष अच्युत ओझाले जानकारी दिनुभयो ।
अध्यक्ष ओझाले श्रम मैत्री निति लिएर तारकेश्वर स्थानीय सरकार अगाडि बढदै गरेकोमा धन्यवाद दिदै बनेका नीतिलाई कार्यनयन गर्न आवश्यक कानुन र कार्यविधि बनाएर तत्काल लागू गर्न माग गर्नुभयो ।
ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोष, श्रम बिमा, न्यूनतम बेतन र पेशागत सुरक्षा र स्वास्थ लगाएतको विषय रहेको अध्यक्ष ओझाले बताउनुभयो ।
ज्ञापनपत्र बुझदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आफुहरु पनि श्रमिकनै रहेको र संधै गरिखानेहरुकै पक्षमा रहने बताउनुभयो ।
श्रमीकका मागहरुको बारेमा नगरपालिका सकारात्मक रहेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वरका बिकासका निम्ती सबैको हातेमालो जरुरी रहेको बताउनुभयो भयो ।
नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्यालले श्रमीकाका मागहरुको बारेमा अध्ययन गरेर आगामी दिनमा कार्ययोजना बनाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array