फुटुङमा एकै दिन दुईवटा सडकको ढलान सम्पन्न, गुणस्तरीय काम नभए भुक्तानी रोकिने नगरप्रमुखको चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङमा एकै दिन दुईवटा सडक ढलानको काम सम्पन्न भएको छ । ४५ लाखको बजेट सहित तारकेश्वर नगरस्तरीय योजनामा संलग्न दुई वटा योजना मार्फत करिब ३ सय ३२ मिटर सडक र ग्राभेल लगायतका काम सम्पन्न भएका हुन् ।

No description available.

No description available.

जस अनुसार तारकेश्वर नगरपालिका ७ फुटुङ स्थीत दियालो हाउजीङको बाटो ढलान भएको छ । दियालो हाउजीङ उपभोक्ता समिति मार्फत २० लाखको बजेटमा २ सय ६५ मिटर सडक ढलान भएको हो । सडक ढलानको कामको अनुगमन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले गुणस्तरीय काम गर्न उपभोक्ता समितिलाई आग्रह गदै प्राविधिकहरुले चेक जाँच गर्दामा मापदण्ड पुरा गरेको नभेटीए भुक्तानी रोकिने चेतावनी दिनुभएको उपभोक्ता समित समिति अन्गर्तको अनुगमन समितिका सदस्य समिर थापाले बताउनुभयो ।
अनुगमनका क्रममा नगरप्रमुख महर्जन, इन्जीनियर विकास श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा सदस्य रघुनाथ ढकाल सहितको उपस्थीति रहेको थियो ।

No description available.

No description available.
दियालो हाउजीङ उपभोक्ता समितिका अध्यक्ष रामकुमार तामाङले प्राविधिकाको सल्लाह अनुसार सडक ढलानको काम भएको बताउनुभयो ।
त्यस्तै, तारकेश्वर ७ फुटुङको नागपोखरी देखि भ्याली पुल जाने ६७ मिटर सडक ढलान सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको२५ लाखको बजेटमा एक सय मिटर थप ग्राभेल सहित सडक ढलान भएको हो ।

No description available.
जयन्तीपुर टोल सुधार उपभोक्ता समिति मार्फत हिजो देखि सुरु भएको सडक ढलान आज पुरा हुने अनुगमन समितिको सदस्य एवं माओबादी केन्द्र तारकेश्वरका नगर अध्यक्ष जगन्नाथ राजबाहकले बताउनुभयो । सडक ढलान लगायतको कामको नगरप्रमुख कृष्ण हरि महर्जन, वडा अध्यक्ष सानुकाजी खत्री, वडा सदस्यहरु रधुनाथ ढकाल र दिनेश प्रधान सहित प्राविधिक टोलीले अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा सडक विकासको मुख्य आधार रहेको बताँउदै नगरप्रमुख महर्जनले सडक निर्माणमा गुणस्तरीयतासंग कुनै सम्झौता गर्न नसकिने बताउनुभयो ।

No description available.

No description available.

No description available.

sd

 

प्रतिक्रिया दिनुहोस्

Array