स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज बुझाएको ज्ञापनपत्र लिदै उपकुलपति प्राडा बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराउनुभयो ।

अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array