शिवपुरीको शैक्षिक सुधारका लागि नेपाल शिक्षक संघ शिवपुरीद्धारा गाँउपालिकालाई १७ बुद्धे सुझाब पेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ मंसिर २०७९, बुधबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको शिवपुुरी गाँउपालिकाको शैक्षिक सुधारका लागि नेपाल शिक्षक संघ शिवपुरीले गाँउपालीकाका अध्यक्ष गोविन्द प्रसाद थपलियालाई भेटी आज १७ बुंदे सुझाव पेश गरेको छ ।
नेपाल शिक्षक संघका अध्यक्ष दामोदर आचार्य, उपाध्यक्ष सुरेन्द्र लामा, महिला उपाध्यक्ष चोकमायाँ गुरुङ, सचिब रामचन्द्र खतिवडा सहितका संघका पदाधीकारीहरुले गाँउपालिकाका अध्यक्ष थपलिया र उपाध्यक्ष बिर बहादुर तामाङलाई भेट गरि संघले दिएको सुझाबलाई आगामी दिनमा कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।
गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले शैक्षिक सुधारका सुझाबहरु अत्यन्त सकारात्मक रहेको बताँउदै शिवपुरीको शैक्षिक सुधारका लागि गाँउपालिकाले बिभिन्न कार्याक्रमहरु ल्याउने बताउनुभयो ।

यस्तो छ संघको सुझाब

मिति -२०७९\०६\२८

श्रीमान अध्यक्ष ज्यु, 
उपाध्यक्ष ज्यु , साथै प्रमुख प्रशाशकिय अधिकृत ज्यु,तथा शिक्षा प्रमुख ज्यु ,
र स्थानिय निकायका सम्पुर्ण कार्यपालिका र ब्यबस्थापिका सदस्य ज्युहरु
शिवपुरी गाउँपालिकाको कार्यालय सेराबगर,नुवाकोट

विषय- शैक्षिक सुधारका लागी सुझाव सम्बन्धमा।

२०७९बैसाख ३० को स्थानिय निकाय को निर्वाचनमा निर्वाचित सम्पुर्ण सद्स्य ज्युहरु प्रति ढिलै भयपनि नेपाल शिक्षक सङ्घ शिवपुरी एबं सम्पुर्ण शिक्षकहरुको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं ।
जव स्थानिय निकायको निर्वाचन पछि यहाँहरुले शिक्षामा सुधारका लागी योजानहरु बनाई कार्यान्यन भएको कुरा सर्वविधितै छ । तर पनि विश्व देश को समसामयिक परिस्थितिअनुसार अझै शिक्षालाई ब्यवस्थित,परिस्कृत र दिर्धकालिन बनाउन यहाँहरुको योजनामा कोषेढुङ्गा सावित होस भनि तपशिलका सुझावहरु पेश गर्नुपर्ने निर्णयका साथ यो सुझाव पेश गर्ने अनुमती चाहान्छु-
शैक्षिक सुधारका लागि सुझावहरु-;
१) गाउँ पालिका स्तरीय विषयगत समिति गठन तथा विषयगत छलफल गर्नु को साथै स्थानिय पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याउने ब्यवस्था गरियोस ।
२) पालिका स्तरिय सञ्चालनहुने परिक्षाहरुलाइ ब्यबस्थित बनाइ गाउँपालिकाले नै नेतृत्व गर्नुपर्ने ब्यबस्था गरियोस।
३) दरबन्दि नभएका विद्यालयमा विषयगत दरबन्दिको ब्यबस्था गर्न पहल गरियोस ।
४) कम्तिमा १ पटक विद्यालयको निरिक्षण तथा अनुगमन गर्ने र पृष्ठपोषण प्रदान गर्ने ब्यबस्था गरियोस ।
५) भौतिक संरचना अपुग भएका विद्यालयमा संरचना निर्माणकोलागि आवश्यक प्रबन्ध गर्न पहल गरियोस ।
६) प्रत्येक विद्यालयमा अभिभावक शिक्षाको ब्यबस्था गरियोस ।
७) शैक्षिकसत्र को सुरुमा र बिचमा सबै शिक्षक लाई पालै पालो पुनर्तागगी तालिम को ब्यस्था गरियोस ।
८) आधुनिक सुचना र प्रविधिको शिक्षण सिकाइ क्रियाकलापमा उपयोग गरी शिक्षण सुधार गर्न सबै शिक्षकलाई अनिवार्य गराउनुपर्नै त्यसकालागी पालिकालेनै नेतृत्व गर्नुपर्नै ब्यबस्था गरियोस।
९) गाउँपालिकाले प्रधानाध्यापक सँग र प्रधानाध्यापकले शिक्षक सँग सिकाइ उपलब्धि हासिल गर्नाको लागी करारनामा गर्नुपर्नै र त्यसको आधारमा उत्कृष्ट उपल्बधी हाशिल गर्नै शिक्षक तथा विद्यालयलाई पुरस्कार तथा कमजोर उपलब्धि हासिल गर्नै विद्यालयलाई सुधारकालागी वास्तविक समस्या पहिचानगरी आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने ब्यबस्था गरियोस ।
१०) गाउँ पालिकाबाट उपलब्धहुने सेवा सुविधाहरु आवश्यक्ताका आधारमा बितरण गर्ने ब्यवस्था गरियोस ,
११) पेन्सन पाकेका समय अनुसार update हुन नचाहाने शिक्षकलाइ गाउँपालिकाले विशेष सुविधा प्रदान गरी स्वच्छिक अवकासको अवसर प्रदान गर्ने ब्यवस्था गरियोस ।
१२) विद्यालयहरुमा गाऊँ पालिका वा प्रदेश संघ बाट प्राप्त सामाग्रिको उचित प्रयोग भएको छ छैन मूल्याङकन गरी प्रतिबेदन पेश गर्नु पर्ने ब्यवस्था गरियोस।
१३) विध्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन का लागी आन्तरिक क्रियाकलाप संञ्चालनलाई प्रभावकारी बनाउनु पर्ने ब्बस्था गरियोस
१४) One teacher one laptop को अवधारणा अनुसार केहि विध्यालयमा सुरु भईसकेको र अन्य विद्यालयहरुमा पनि वितरण गर्न पहलगरी सबै शिक्षकलाइ ICT मा साक्षर बनाई कक्षा कोठामा ICT को प्रयोगमा पहँच बृध्दि गर्ने ब्वस्था गरियोस ।
१५) शिक्षक खुसी नभइ कक्षा कोठा भित्र प्रभावकारी सिकाइ नहुने हुँदा विद्यालयमा शिक्षक नियमितताको लागी वर्षभरि बिदामा नबस्ने र राम्रो नतिजा प्राप्त गर्ने शिक्षकलाई प्रोत्साहान स्वरुप नगद सहित पुरस्कारको ब्यवस्था गर्ने पहल गरियोस ।
१६) हाल तल्लो तहमा नियुक्तिपाई योग्यता पुगेका शिक्षकहरुले माथिल्लो तहमा अध्यापन गराइरहेका छन् भने गाउँपालिकाले त्यस्ता शिक्षकलाई माशिक स्वरुप प्रोत्साहान भत्ताको दिने ब्यवस्था गर्न पहल गरियोस ।
१७) विद्यालय सुधार योजना निर्माण कार्य नाम मात्रको भइरहेकोले त्यसको निर्माण एबं कार्यान्यनलाई कडाइका साथ लागु गर्नुपर्ने र योजना निर्माणमा गाउँपालिकाले सहजिकरण गर्ने ब्यवस्था गरियोस ।
१८) राहात वाल विकाश तथा विद्यालय कर्मचारीहरुलाई दरवन्दी सर्जना गरी प्रकृया पुरागरी स्थाई गर्न पहल गरियोस ।
धन्यबाद

नेपाल शिक्षक संघ,
स्थानिय समिती,शिवपुरी

प्रतिक्रिया दिनुहोस्

Array