लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

महेन्द्रनगर, खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ ।

केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध ओसारपसारमा संलग्न युवक मारिएका थिए । कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा सयौँ युवायुवतीलाई पक्राउ गरी धमाधम कारबाही गरिरहेको भए पनि दुव्र्यसन र ओसारपसारमा कमी भने देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै बितेको पाँच महिनामा पाँच भारतीय नागरिकसहित ८७ जना लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको बताउनुभयो ।

पक्राउ परेका ८७ मध्ये पाँच भारतीय, चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार पक्राउपर्ने अधिकांश युवापुस्ताका बढी छन् । प्रहरीले चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा छ किलो चार सय २७ ग्राम चरेस र २६२.८८ ग्राम खैरो हिरोइनसमेत अभियुक्तबाट बरामद गरेको छ ।
“जिल्ला प्रहरीमा आउने मुद्दमा मात्रै ३० प्रतिशत लागुऔषधसम्बन्धी नै छन् ।” उहाँले भन्नुभयो, “ लागुऔषध प्रयोगबाट अरु आपराधिक घटना घटिरहेका हुन्छन् ।”

लागुऔषध नियन्त्रणका लागि विभिन्न युनिटलार्य सीमा क्षेत्रमा समेत सक्रिय गराएको कञ्चनपुर प्रहरीको नेतृत्व नै अहिले वडास्तरसम्म पुगेर लागुपदार्थ दुव्र्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी स्वयं लागुपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिरहनुभएको छ । जिल्लामा प्रहरी र कतिपय स्थानमा पालिकासित समन्वय गरेर पनि विद्यार्थीदेखि गाउँ समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण र सन्ततिलाई लतबाट टाढा राख्न अभिभावक पनि स्वयं जिम्मेवार हुन आवश्यक छ ।”

यहाँस्थित लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपाल प्रदेश संयोजक मदन चन्द पनि लामो समयदेखि यहाँ विद्यालय सचेतना कक्षा सञ्चालन गरिरहेका छन् । उहाँले युवापुस्तालाई दुव्र्यसनबाट रोकथाम गर्न घरमा अभिभावकदेखि विद्यालयमा शिक्षकसम्मको सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

“भारतीय खुला सीमा नाकाबाट खैरो हिरोइन आयात भइरहँदा भारतीय निकायबाट पनि कडाइ हुनेगरी सरकारले छलफल गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “राज्यले अहिले यो विषयमा गम्भीर नभए पछिको पुस्ता नै दुव्र्यसनमा फस्दै जाने डरलाग्दो अवस्था छ ।”

उहाँले वडादेखि पालिकासम्म कक्षा सञ्चालनका लागि बोलावट भइरहको बताउनुभयो । “ निर्वाचनका कारण धेरै ठाउँमा पुगेर कक्षा सञ्चालन गर्न सकिएन”, उहाँले भन्नुभयो, “अब पुनः सरोकारवाला निकायसित सहकार्य गरेर अभियान सञ्चालन गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्

Array