नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ पुष २०७९, शनिबार
1 Min Read
Aa

महोत्तरी , महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ ।

नेहा चौधरीलाई पति डा पंकज चौधरीको घरमा प्रवेश गर्न नदिन आफूमाथि भूमिका खेलेको आरोप लगाउँदै नेहा र निहारिकाले आन्दोलन गराएको नगरप्रमुख रामदुलार साहले बताउनुभएको छ ।

नेहा र निहारिकाले नगरपालिकामाथि ढुङ्गामुढा, तोडफोड र आगजनी गराएर रु पाँच लाखको क्षति पु¥याएको भन्दै नगरप्रमुख साहले दाबी क्षतिपूर्ति भराउन निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई विज्ञप्ति बुझाउनुभएको हो ।

ताल्चा लागेको घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । नेहा तथा उनका सहयोगीले आफूमाथि नेहाका सासू, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै मङ्सिर २८ र २९ गते नगरपालिका भवनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको नगरप्रमुख साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले  त्यस सम्बन्धमा बैठक बसेर सत्यतथ्य जाँचबुझ र अगाडिको कदमबारे निर्णय गर्ने बताउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array