यसकारण गरियो ९० वर्षका वृद्धाको हत्या

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ, मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या । गएको मङ्सिर २० गते नगरपालिकाको वडा नं ६ पुलबाट डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो ।

उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नं ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला प¥यो । टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसपछि कर्तव्य गरेर घटना भएको निष्कर्षमा प्रहरीले अनुसन्धान थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउनुहुन्छ ।

कोइरालाका अनुसार गम्भीर प्रकृतिको घटना भएकाले सुक्ष्म अध्ययन गरी अनुसन्धानका क्रममा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरी अनुन्धान थालिएको छ । जीवनको उत्तराद्र्धमा पुगेको व्यक्तिको हत्या गर्नु गम्भीरमाथिको पनि गम्भिर अपराध हो ।

उनीसँगको सोधपुछका क्रममा चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त लोभ देखाएपछि वृद्धाले त्यहाँसम्म पु¥याउन आग्रह गरेको र उनले डो¥याउँदै लगेको प्रहरीले जनाएको छ ।

उक्त सामुदायिक वनको खोंचमा पुगेपछि आरोपी नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा वृद्धाको कम्मरमा भएको पैसा लिनका लागि ढुङ्गाले टाउको र गद्र्धनमा हानेर मारेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि वृद्धा महिलासँग भएको रु ४०–४५ हजार लिएर उनको शवलाई खोल्सामा लुकाई फरार भएकामा कार्यालयको टोलीले पक्राउ गरेको उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । अभियुक्तलाई थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्