देश र श्रमिकको हित हुने काममा ध्यान दिन श्रमसहचारी र काउन्सिलरलाई निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । श्रम सहचारी र कान्सिलरका लागि आयोजना गरिएको तीनदिने अभिमुखीकरणको समापन गर्दै उहाँले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो ।

मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो । श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायित्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गर्नुभयो । अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगारसम्बन्धी कानूनलगायत बारे विज्ञहरूले प्रशिक्षण दिएका थिए ।

सरकारले मलेसियाका लागि भोलानाथ गुरागाईं, दक्षिण कोरियाका लागि चन्द्रकला चौलागाईं ओली र कतारका लागि टीकामणि नेउपानेलाई कान्सिलरमा नियुक्त गरेको छ । ताम्रराज काफ्ले साउदी अरेबिया, दिलीप खड्का मलेसिया, गोविन्दप्रसाद आचार्य ओमान र आविद अन्सारी संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम सहचारीमा नियुक्त हुनुभएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array