शिवपुरी गाँउपालिकामा बरिष्ठ नेत्ररोग विशेषज्ञ टोलीद्धारा मोतिया बिन्दु भएका ९६ विरामीको निशुल्क अप्रेसन गर्न सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ पुष २०७९, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको शिवपुुरी गाँउपालिकामा बरिष्ठ नेत्ररोग विशेषज्ञ टोलीद्धारा मोतिया बिन्दु भएका ९६ जना विरामीको निशुल्क अप्रेसन गर्न सुरु गरिएको छ ।
शिवपुरी गाँउपालिकाको आयोजनामा बिपि कोइराला लाइन्स अध्ययन महाराजगञ्जका बिशेषज्ञ टोलीले मोतिया बिन्दुको अप्रेसन गर्न सुरु गरेका हुन् ।
गाँउपालिकाले गत कार्तिक असोज २८ र २९ गते गरेको निशुल्क स्वास्थ्य शिविरमा ९६ जना मोतिया बिन्दुका बिरामी भेटिएको थियो । उक्त शिविरमा चेकजाँच गराएर मोतिया बिन्दु भएको एकीन गरेका बिरामीहरुलाई विशेषज्ञ टोलीले शिवपुरीमानै पुगेर अप्रेसन थालेको हो ।
यहि पुस ३ देखि ६ गते सम्म चल्ने उक्त शिविरमा दुई दिनमा ५० जनाको अप्रेसन भएको शिवपुरीले गाँउपालीकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले बताउनुभयो । गाँउपालिकाले बिभिन्न रोगबाट ग्रसीत, बिपन्न नागरिकहरुलाई निशुल्क उपचार गर्न लागि परीरहेको बताँउदै अध्यक्ष थपलियाले नागरिकहरुको स्वास्थ्यका लागि निरन्तर यस्ता अभियान चलिरहने बताउनुभयो ।

May be an image of 10 people, people standing and outdoors
गाँउपालिकाका उपाध्यक्ष बिरबहादुर तामाङले स्वास्थ्य शिविरबाट मोतिया बिन्दु भएकाहरुलाई अप्रेसन गर्न र आँखा सम्बन्धी समस्या भएका अन्य नागरिकहरुलाई शिविरमा आएर स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो ।
लामो समय देखि मोतिया बिन्दुबाट समस्या भई आँखाका दृष्टी गुमाएका जेष्ठ नागरिकहरुलाई गाँउमानै बिशेषज्ञ डक्टरहरुले अप्रेसन गरिदिएपछि उनिहरु दंग परेका छन् । गाँउमानै अप्रेसन भएपछि काठमाण्डौं सम्म धाएर हुने खर्चको समेत बचत भएको छ । गाँउपालिकामा निर्वाचीत भएर आएपछि अध्यक्ष थपलिया र उपाध्यक्ष तामाङ सहितको जनप्रतिनिधिहरुको टिमले गाँउवासी नागरिकको स्वास्थ्य प्रति सचेत रहंदै बिभिन्न कल्याणकारी कामहरु अगाडी सारेको हाम्रा शिवपुरी समाचारदाता सरोज थपलियाले बताएका छन् ।

May be an image of 4 people, people sitting, people standing and outdoors

May be an image of 9 people, people sitting, mountain and treeMay be an image of text

प्रतिक्रिया दिनुहोस्

Array