फोहरमैला व्यवस्थापनका लागि तारकेश्वर नगरपालिका ८ मा डस्टवीन वितरण सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ८ ले सार्वजनीक स्थानमा हुने फोहरमैला व्यवस्थापनका लागि डस्टविन वितरण सुरु गरेको छ ।
खुल्ला तथा सार्वजनीक स्थाहरु, मन्दीर, पार्क लगायतमा हुने फोहरहरुलाई व्यवस्थीत गर्नका लागि वडा कार्यालयले डस्टवीन वितरण गरेको हो ।
यसै क्रममा सोमबार तारकेश्वर नगरपालिका ८ स्थीत रामजानकी मन्दीरलाई डस्टवीन र डस्टवीन होल्डर वितरण गरिएको छ । डस्टवीन वितरण गदै वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटाले फोहरमैलाका कारण हुन सक्ने रोगका जोखिमहरु रोक्न डस्टवीन वितरण गरेको बताँउदै त्यसलाई सहि तरिकाले सदुपयोग गर्न आग्रह गर्नुभयो ।

May be an image of 2 people and body of water
वडाले विभिन्न टोलसुधार समिति, सार्वजनकी पार्क, मन्दीर, खुल्ला मैदानहरुमा डस्टवीन राख्ने अभियान चलाएको छ ।
तारकेश्वर वडा नं ८ ले जनताको स्वास्थ्य प्रतिकुल हुन नदिन वडा भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गदै निशुल्क औषधी समेत वितरण गरेको थियो । स्वास्थ्य शिविरमा २०० बढी जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

May be an image of 4 people, people standing and outdoors

May be an image of 2 people and outdoors

fgh

प्रतिक्रिया दिनुहोस्

Array